0 COMMENTS

मङ्सिर १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसका कारण हाल चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

वाग्मती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै, राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

आज सूर्योदय बिहान ६ बजेर ३६ मिनेट तथा सूर्यास्त ५ बजेर ८ मिनेटमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।