0 COMMENTS

मङ्सिर १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री यूएई जान लागेका हुन् ।

यूएईमा नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म कोप–२८ को २८औँ सम्मेलन चल्नेछ । प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । प्रधानमन्त्रीसँगै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, स्वकीय सचिव गंगा दाहाल र अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन् । त्यसैगरी प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुने भ्रमण तालिमा रहेको छ । त्यस्तै, यूएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि सहभागी हुने बताइएको छ ।

डिसेम्बर २ मा सम्मेलनको साइडलाइनमा आयोजना गरिने ‘कल अफ द माउन्टेनः हु सेभ्स अस फ्रम दी क्लाइमेट क्राइसीस ?’ कार्यक्रममा पनि प्रधानमन्त्री समेत सहभागी हुनेछन् । सम्मेलनको साइडलमा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सो क्रममा पनि प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरबारे कुरा उठाउने तयारी भएको छ । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड डिसेम्बर ३ मा स्वदेश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।