0 COMMENTS

मङ्सिर १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजी र लप्सीफेदीका जनतामाथि गरिएको दमनका विरूद्ध प्रदर्शन गरेको छ । मङ्गलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा उक्त विरोध प्रदर्शन गरिएको हो ।

‘प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्थाको अन्त्य गरौं, संघीय जनगणतन्त्रको स्थापनाको दिशामा अगाडि बढौं’ भन्ने मूल नाराका साथ सडकमा उत्रिएको मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसीको खारेज र लप्सीफेदी (वोजिनी) मा भएको प्रहरी दमनका विरुद्ध विरोध सभाको आयोजना गरेको छ । विरोध सभालाई पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्य रामसिंह श्रीस लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

रत्नपार्क शान्तिबाटिकाबाट निकालिएको विरोध जुलुस नगर परिक्रममा गरी पुनः शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत भएको छ । कार्यक्रमको सञ्चालन पार्टीका कार्यालय सदस्य अटलले गर्नुभएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर अब योजनाबद्ध रुपमा संघर्षका कार्यक्रमलाई अगाडि बढाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।