0 COMMENTS

मङ्सिर ११, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताको उद्धार, राहत र पुननिर्माणको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको रिम्ना पुगेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को नेतृत्वमा सय जनाको स्वयमसेवक टोली आइतबार सोमबार जाजरकोटको रिम्नामा पुगेको हो । उक्त टोलीले १ करोड ३० लाख बराबरको राहत सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र रिम्नामा पुगेको हो । उक्त टोलीले त्यहाँबाट रामीडाडाँ रुकुमको आठविसकोट लगायतका स्थानहरुमा पुग्ने र राहत वितरण र पुननिर्माणमा सहयोग गर्ने भएको छ ।

शनिबार पार्टीका केन्द्रीय अध्यक्ष मोहन वैद्य ‘किरण’ ले कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र अर्का कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा ‘सागर’ लाई पार्टीको झण्डा हस्तान्तरण गरेर बिदाई गरेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हालै सम्पन्न केन्द्रीय कार्यालयको बैठकले कार्तिक १७ गते राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको ६.४ रेक्टर स्केलकाे भूकम्पमा परी ठुलो जनधनको क्षति भोगिरहेका जाजरकोट र रुकुम पश्चिमका जनताको राहत र उद्धारका लागि पहिलो चरणमा एक सय जनाको स्वयमसेवक पठाउने निर्णय गरेको थियो । सोही योजना अनुसार आइतबार उक्त टोली रिम्ना पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।