0 COMMENTS

मङ्सिर १०, काठमाडौँ । इजरायल र हमासबीच चार दिने अस्थायी युद्ध विराम भएको दोस्रो दिन आज हमासले १७ बन्धक छाडेको छ ।

सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो । बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ । इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ । उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको छ ।

युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो । योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट मुक्त भएका छन् ।

युद्धविरामबीच गजामा विभिन्न मुलुकहरूले मानवीय सहायता पुर्‍याइरहेका छन् । त्यहाँ अत्यावश्यक इन्धन, खाद्यान्न र औषधी लगायतका मानवीय सहायता इजिप्ट लगायतका देशहरूले लगिरहेका छन् । इसराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। उक्त सहमतिलाई इसराइलको मंगलबार अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो ।

हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ । अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरी इसराइलसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गजा लगेको थियो । जसमा नेपालका विपिन जोशी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।