0 COMMENTS

मङ्सिर ७, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली ब्यूरो सदस्य प्रमाणले पार्टी परित्याग गरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत हुनुभएको छ । उहाँलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रदेश नं. ६ का इन्चार्ज उदयबहादुर चलाउने दिपकले पार्टीमा स्वागत गर्नुभएको थियो ।

विप्लव नेतृत्वको नेकपाले दक्षिणपन्थी अवसरवादी र संसदवादी बाटो समातेकोले आफूले सो पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित भएको बताउनु भयो । उहाँले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एक मात्र सच्चा कम्युनिस्ट क्रान्तिकारी पार्टी भएको र यही पार्टीको नेतृत्वमा नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न हुने विश्वास पनि उहाँले सो अवसरमा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।