0 COMMENTS

मङ्सिर ७, काठमाडौँ । मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

बुधबार राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । यसअघि कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्पन गएको थियो। जसका कारण ठूलो जनधनको क्षतिसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।