0 COMMENTS

मङ्सिर ३, काठमाडौँ । एमसीसी परियोजनाका विरुद्ध सशक्त प्रतिरोधमा उत्रिएका लप्सीफेदीका जनतामाथि पुष्पकमल दाहाल सरकारको प्रहरी प्रशासनले गरेको व्यापक दमन र धरपकडको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तीव्र विरोध तथा घोर भत्र्सना गरेको छ ।

पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यका भनिएको छ, “आम देशभक्त नेपाली जनताको तीव्र विरोधका बीच राष्ट्रघाती एमसीसीलाई कार्यान्वयन गर्न अमेरिकी साम्राज्यवादका दलालहरु प्रहरी दमनमा उत्रेका छन् । एमसीसी परियोजना अन्तर्गतको काठमाण्डु जिल्ला शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुने भनिएको सबस्टेसनको सुरक्षाको नाममा प्रहरीको बेसक्याम्प खडा गर्ने कार्यको विरुद्ध उत्रिएका जनतालाई दाहाल नेतृत्वको गठबन्धन सरकारले घर–घरबाट थुतेर गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा सुक बहादुर वाइवा, हर्कमान वाइवा, सूर्र्यमान तामाङ्, जयमान तामाङ्, मनिस वाइवा, राजमान स्याम्बो, सञ्चमाया बम्जन, माया घिसिङ्, अञ्जुमाया वाइवा, तिउरी घलान, संजीव घलान, रंजित तामाङ् सहित दर्जनौ युवाहरु हुनुहुन्छ । हाम्रो पार्टी यस कार्यको तीव्र विरोध तथा घोर भत्र्सना गर्दछ ।”

राष्ट्रघाती एमसीसी परियोजना अमेरिका फिर्ता पठाउनका लागि सडक संघर्षमा उत्रन सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गर्दै वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादको सेवामा खटाइएका प्रहरीको बल प्रयोगबाट घाइते नागरिकहरुको निशुल्क उपचार गर्न, गिरफ्तार हुनेहरुलाई निसर्त रिहाइ गर्न र सबस्टेसन निर्माणको काम अविलम्ब रोक्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै राष्ट्रघाती एमसीसी परियोजना अमेरिका फिर्ता पठाउनका लागि सडक संघर्षमा उत्रन हाम्रो पार्टी सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।