0 COMMENTS

कात्तिक २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण मुलुकका केही भू-भागमा आज हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम सफा रहेको छ । यस्तै, आज दिउँसो मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै बाँकी भू-भागमा मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति  सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।