0 COMMENTS

कात्तिक २७, नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भूकम्पमा परेर घाईते भएका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जको भेरी अस्पताल पुग्नु भएकाे छ ।

नेता बास्तोला जाजरकोट र रुकुम पश्चिमबाट उपचारको लागि ल्याइएका बिरामीहरुको स्वास्थ अवस्था बारे जानकारी लिन नेपालगञ्ज पुगेको पार्टीका सचिवालय सदस्य तथा बाँके जिल्ला इन्चार्ज दिपक शाहीले जानकारी दिनुभयाे । केही दिन पहिले जाजरकोटको रामी डाँडा केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम लगायतका कर्णाली प्रदेशका जिल्लाहरुमा ठुलो जनधनको क्षति गरेको थियो । उक्त भूकम्पमा परेर घाईते भएका केही बिरामीहरुलाई नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा उपचारको लागि हालसम्म भर्ना गरिएका ५८ जना बिरामी मध्ये १ जनाको मृत्युु भएको, ४० जना डिस्चार्ज भइसकेको, ३ जनालाई रेफर गरिएको छ । हाल १४ जनाकाे मात्र उपचार गराइरहेका बिरामी मध्ये १० जना सामान्य सुधारोन्मुख, ३ जना गम्भीर र १ जना जटिल बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

नेता बास्तोलासँगै पार्टीका बाँके जिल्ला इन्चार्ज दिपक शाही, जिल्ला संयोजक परिवर्तन लगायतका नेताहरु समेत भेरी अस्पताल पुग्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।