0 COMMENTS

कात्तिक २६, जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पीडितहरुका घरहरू पुर्ननिर्माणका लागिशनिबारबाट जनसेवा शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गोपी सिंह सहितको भुकम्पले क्षतविक्षत बनाएको घरलाईपुर्ननिर्माणको लागि काम शुरुआत गरेको हो ।

शनिबार माेहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ को नेतृत्वमा उक्त प्रभावित क्षेत्रमा पुगेर दोस्रो चरणको जनसेवा शुरुआत गरेको हो । शनिबारै उक्त ठाउँमा दुईवटा घर पुर्ननिर्माणको काम शुरु गरेको हो । यो भन्दा अगाडि पार्टीका जिल्ला इन्चार्ज अनन्त र जिल्ला संयोजक हिमालको नेतृत्वमा भुकम्प गए लगत्तै रातारात उद्धार र राहत कार्यमा निरन्तर खटिरहेको छ ।

शुक्रबार राति पार्टी केन्द्रकाे तर्फबाट दिपककाे नेतृत्वमा पुगेको टाेली हरिस भट्ट संयाेजक रहेको क्रान्तिकारी युवा संगठन, प्रतिज्ञा  केसरकाे नेतृत्वमा जनस्वास्थ्य टाेली, दिग्दर्शन  राजन बुढाको नेतृत्वमा सुचना तथा संचार टाेली सहितले शुरुआत गरेको थियो  अभियान टाेलीका कमान्डर दिपकले शनिबार २५ गते देखि शुरु गरेको याे दाेस्राे चरणको जनअभियान १५ दिनसम्म चल्ने बताए  उनको नेतृत्वमा जनअभियान कार्यालय टिम क्रान्तिकारी युवा संगठन, नेपाल संयाजक हरिस भट्टपार्टी केन्द्रीय सदस्य तथा  नंप्रदेश संयाेजक संगम, पार्टी केन्द्रीय सचिवालय सदस्य धमिल जनस्वयंसेवकका बादल,  नंटाेली संयाेजक प्रतिज्ञाकाे टाेलीकाे नेतृत्वमा भेरि नपा, नलगाडा नपा  कुँशे गाँपा,  नंटाेली संयाेजक अनन्तकाे टाेलीकाे नेतृत्वमा कुँशे गाँपा, छेडा गाँपा  भेरि नपा   नंटाेली संयाेजक विपिनकाे नेतृत्वमा नलगाँड गाँपा, भेरि नपा मा / जनाको टाेली निर्माण गरि परिचालन गरिएको बताए 

जाजरकोटकाे बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भएर २०८०कार्तिक १७ गते राति ११:४७ मा . रेक्टर स्केलकाेभुकम्पले १५३ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन  हजाराै घरवारविहीन अवस्थामा पालमुनि गाेठहरुमा बसिरहेका छन  चिसाे बढेसँगै थुप्रै बिरामी परिरहेका छन साेहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमकाेस्वास्थ्य सामाग्री र औषधिहरु जिल्ला अस्पताल जाजरकोट लाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्‍याउने पार्टीले थप राहतका सामग्रीहरु पनि उपलब्ध गराउने  शनिबारदेखि भुकम्प प्रभावित क्षेत्रमा पार्टी उद्धार कार्यमा निरन्तर खट्ने जिल्ला इन्चार्ज अनन्तले जानकारी दिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।