0 COMMENTS

कात्तिक २६, काठमाडौँ । धादिङमा गएराति ११:२३ मिनेटमा भूकम्प गएको छ । गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

हल्का धक्का भएकाले भूकम्पबाट क्षति नभएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक  ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।