0 COMMENTS

कात्तिक २०, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको स्वास्थ्य उपचारलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक टोली सोमबार जाजरकोट प्रस्थान गरेको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेलले सोमबार पार्टी कार्यालय कुपण्डोलमा टोलीलाई पार्टीको झण्डासहित ७ लाख बराबरको औषधी राहत टोलीलाई हस्तान्तरण गर्नुभएको छ । भुकम्प पीडितहरुको राहत र उद्दारका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने दीपक नेतृत्वको टोली खटिएको छ । उक्त टाेलीमा चिकित्सकहरुकाे टाेली समेत घाइते तथा विरामीहरुकाे उपचारमा सक्रिय रहेकाे छ ।

सो टोलीले शुक्रबार राती गएको भुकम्पमा परी घाइते भएका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जका विभिन्न अस्पतालहरुमा पुगेकाे थियाे ।  ६ नं. पार्टी इन्चार्ज समेत रहनु भएका नेता चलाउने नेतृत्वको टोलीले उपचारमा रहेका घाइतेहरुलाई फलफुल वितरण गरेकाे थियाे । साथै भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा र भाँडाकुडाका साथै अत्यावश्यक औषधी लगायतका सामग्री वितरण गर्ने जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोट र केन्द्र, प्रदेश र स्थानीय सरकारको समेत समन्वयमा पीडितहरुलाई उक्त राहत सामग्री वितरण गरिने जनाइएको छ ।

काठमाडौंमा संकलित औषधीजन्य स्वास्थ्य सामग्री लिएर पार्टीका केन्द्रीय सदस्य गोविन्द काफ्ले जाजरकोट तर्फ लाग्नुभएको छ । पार्टीको तर्फकाट राहत तथा उद्दारका लागि खटिएको नेता चलाउने नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमै सक्रिय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।