0 COMMENTS

कात्तिक १९, काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज शोक बिदा दिएको छ । शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरूलाई सहयोग गर्न सबैसँग आग्रहसमेत गरेको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका १५७ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।