0 COMMENTS

कात्तिक १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक वक्तव्य जारी गरी जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भएको मानवीय तथा भौतिक क्षतिले पार्टीलाई मर्माहित तुल्याएको जनाएको छ ।

पार्टी अध्यक्ष किरणले जारी गरेको वक्तव्यमा भूकम्पमा परी ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । साथै घाइतेहरुको तत्काल खोज, उद्दार, निःशुल्क उपचार र राहतको अत्यावश्यक कार्यमा कुनै कसर बाँकी नराख्न सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा पराकम्पनको सम्भावना समेत रहेकोले सबैलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

वक्तव्यमा पार्टीका नेता कार्यकर्तालाई उद्दार र राहत कार्यमा खट्न अपिल गर्दै भनिएको छ, “यस प्राकृतिक विपतको समयमा घाइतेहरुको तत्काल उद्दार, उपचार, राहत र पुनर्बासको कार्यमा सक्रियतापूर्वक खट्न पार्टीको कर्णाली प्रदेश लगायत सम्पूर्ण पार्टी पंक्ति, जवस मोर्चाका नेता कार्यकर्ताहरुलाई पनि पार्टी विशेष अपिल गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।