0 COMMENTS

कात्तिक १७, काठमाडौँ । नेपाली क्रिकेट टिमले आज (शुक्रबार) युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । घरेलु मैदानमा भइरहेको आईसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ । घरेलु मैदानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो ।

यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे देखि सुरु हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।