0 COMMENTS

असोज २९, धनगढी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले प्रधानमन्त्री पुष्पकलम दाहाललाई कालो झण्डा देखाएको जनाएको छ । उक्त पार्टीले सोमबार एक विज्ञप्तिमार्फत प्रचण्डले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कथित व्याख्यात्मक टिप्पणी संसद्‌बाट पारित गरी एमसीसी सम्झौता पारित गराउन मुख्य भूमिका खेलेको र प्रचण्ड प्रधामन्त्री भएको बखत गत भदौ १३ गतेदेखि कार्यान्वयनमा आएको घोषणा गरिएकोले उनलाई कालो झण्डा देखाएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘ क्रान्तिकारी कम्युनिस्ट पाटी, नेपाल ७ नम्बर प्रदेशले आज कैलालीको मसुरिया र अत्तरियामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झण्डा देखाएको छ । पार्टीको केन्द्रीय समितिको असोज १६ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकले अमेरिकाले नेपाली राष्ट्रियतामाथि गम्भीर खलल पुर्याउने, नेपाललाई दक्षिण एसियाको आफ्नो अनुकूलको रणनैतिक क्षेत्र बनाउने र नेपालको आर्थिक, प्राकृतिक साधनस्रोतमाथि दोहन बढाउने उद्देश्यले २०७८ साल फागुण १५ गतेका दिन संसद्‌बाट पारित एमसीसी सम्झौता पारित गरेको थियो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त सम्झौताको विरुद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेबमोजिम उक्त सम्झौतालाई कथित व्याख्यात्मक टिप्पणीको हवाला दिने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उनकै वर्तमान सरकारको कार्यकालमा भदौ १३ गतेदेखि उक्त कार्यक्रम कार्यान्वयनमा आएकाले उनी र उनको सरकार एमसीसीको मतियार भएको हाम्रो पार्टीको ठहर रहेकोले त्यसको विरोधमा कार्यक्रम गर्ने योजना बमोजिम आज कालो झण्डा देखाइएको स्पष्ट पार्न चाहान्छौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस प्रदेशमा एमसीसी पक्षधर कुनै पार्टीका मुख्य नेताहरूको आगमनमा हाम्रो पार्टीको विरोध रहने जानकारी पनि यसै विज्ञप्तिमार्फत गर्न चाहान्छौँ । कालो झण्डा देखाएको भन्दै हाम्रो पार्टीका प्रदेश सदस्य कमरेड करण र नारायण पाण्डेलाई यस सरकारले गिरफ्तार गरेकाले तुरुन्त रिहाईको लागि सम्बन्धित पक्षसँग अपिल गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।