0 COMMENTS

असोज २८, भक्तपुर । मध्यपुरस्थित शंखधर चोकमा संचालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । यचु पार्टी भेन्यूमा भएको सभामा नेफ्स्कुनका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि परितोष पौडेलले शुभकामना व्यक्त गर्नु हुँदै विभिन्न उपयोगी सुझावहरु दिनु भयो ।

कार्यक्रममा विशेष अतिथि भक्तपुर बचत संघका उपाध्यक्ष हरि वल्ल र शंखधर साकोसका संचालक रामसुन्दर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा हालै यन्या पूर्णेमामा ऐतिहासिक जिब्रो छेडेर पशुपति पुगी परिक्रमा गरेका वालकराम श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त अवसरमा स्नातकोत्तर उतिर्ण ३ विद्यार्थीलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

संस्थाका सचिव ज्ञानहरि श्रेष्ठ र कोषाध्यक्ष प्रेमरत्न मानन्धरद्वारा ०७९/०८०को अनुमानित बजेट प्रस्तुत गरिएको थियोे । संस्थाको शेयर संख्या १४९३ बाट रु.५,४२,१५००० शेयर पूंजी पुगेको छ । २०८० असार मसान्तसम्मको कुल आम्दानी रु.१,८२,६९९४१ र कुल खर्च रु.१,२३,२५४,६० देखाइएको छ । विभिन्न सामाजिक सेवामा पनि कृयाशील बाबा साकोस सफलतापूर्वक प्रगति पथमा रहेको शेयर सदस्य सरोज कुमारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।