0 COMMENTS

असोज २८, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनका स्थानीयले केही महिनाअघि महानगरपालिकाले नगरपालिकाको वडा १० साततले कपन र महानगरपालिका वडा ७/६ मा विवादमा रहेको खोला सिमा र स्ल्याब फुटाएर लथालिङ्ग छाडेर समस्या समाधानको कुनै उपाय नगरेको भन्दै काठमाडौं उपत्यका विकाश प्राधिकरण जिल्ला आयुक्तको कार्यालयमा तत्काल समस्या समाधानको लागि एक विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

भत्काएपछि बनाउनुपर्छ भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । बर्षात्को मौसममा जबर्जस्ती भत्काएर, अहिले अस्तव्यस्त छोडेर महानगरको स्थानीय सरकार कानमा तेल हालेर बस्न नहुने स्थानीयको भनाई छ । विवादसँगै स्थानीय, नगरपालिकाका जनप्रतिनिधि र महानगरपालिकाले विवादित क्षेत्रलाई तत्काल हल गरिनुका लागि तिन बुँदे सहमतिमा सम्झौता गरेको र हाल सम्झौता बमोजिम कुनै पनि कार्यक्रममा कार्यान्वयन नभएको स्रोतले जनाएको छ ।

काठमाडौँ उपत्यका विकाश प्राधिकरणमा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, नगरका वडा १० का अध्यक्ष, काठमाडौँ न.पा.७ का अध्यक्ष र ६ का सदस्य, धोबिखोला मिलनचोक सरोकार तथा समन्वय समिती सहित सयौंको संख्यामा स्थानीयहरूको सहभागिता थियो ।
ज्ञापनपत्रको बुँदागत सार यस्तो छ ।
(१) विषय – आयोजनाको काम सुचारु गर्नेबारे ।

उपरोक्त विषयमा काठमाडौँ न.पा. र कपन तर्फको खुल्ला असाध्यै दुर्गन्धित भई २०६१ सालमा नै तत्कालिन ढल तथा बाटो निर्माण उपभोक्ता समिति बनाई, जिल्ला विकास समिती, तत्कालिन कपन गा.वि.स. तथा काठमाडौँ न.पा. ६ समेतको सरकारी बजेट र सम्पूर्ण उपभोक्ताबाट समेत रकम उठाई व्यवस्थित ढल निर्माण भएको थियो । सो चन्वा मार्गमा सरस्वतीनगर सुधार संघले २०६३/१०/१८ मा कालोपत्रे गर्ने भनि दुबैतर्फबाट रकम उठाई पिच समेत भई सकेको बाटो हो । उक्त बाटोमा पिच गर्न सरकारी तवरबाटै साततल्ले आनीगुम्बा सडक निर्माण ठेक्का लागि काम सुरु भई पेटी राख्ने कुरामा दुईतर्फको विवाद हुँदा सरस्वतीनगर सुधार संघले गरेको सहमतिमा काठमाडाैँ महानगर ६ तथा ढल माथि गरेर ८ मी र १ मी फुटपाथ सडक बनाईने छ भनि निर्णय गरेकोमा पिच हुने बबत ठेकेदारले काम छाडी भागेकोले काम सम्पन्न हुन सकेन ।

(२) उक्त हलमा ठुलो मात्रामा कपन जगडोलदेखि र काठमाडौँ.न.पा वडा नं. ६ को आरुबारी, सिमलटार, महाकाल समेतबाट आफ्नो सहायक ढल हालेको कारण वर्षादको पानी नअटेर डुवान समस्या आउन थालेकोले डुवान समस्याको समाधानको लागि प्राविधिक अध्ययन अनुसन्धानबाट आगामी ५० वर्ष सम्म धान्ने गरि बक्स कल्भर्टको डिजाईन गरि संघिय सरकारबाट बजेट परि, ठेक्का लागि साततल्ले आनिगुम्बा सडकमा बक्स कल्भर्ट काम सुरु भैसकेको छ । पहिलो चरणमा आनीगुम्बासम्मको माथिल्लो भाग बनिसकेकोले डुवान समस्या पनि समाधान भई सकेको छ । दोश्रो चरणको आनीगुम्बादेखि कपन चौकी सम्मको भागमा अधिकांश भाग बनिसकेको र केहि बाँकीमा धमाधम काम भई राखेको छ । तेन्जीङ चोक तर्फबाट आएको बक्स कल्भर्ट आरम्भ चौकमा आएर सम्पन्न भई सकेको छ ।

(३) तेश्रो चरणमा धोबिखोलादेखि माथि ५०० मी भाग मिति २०७–९–१२ मा ठेक्का सम्झौता भई धोबिखोलादेखि साततल्ले सम्म काम सुरु भईसकेको छ । बाँकी ७०० मीटरमा ठेक्का लाग्ने चरणमा छ । यसै बीचमा काठमाण्डाँै महानगरपालिकाले तेस्रो चरणको काम भई रहँदा मिति २०८०–०४–२५ गतेदेखि उक्त उन भिकेबाट काममा अवरोध भएकोले उपभोक्ताहरुबाट उच्च उक्त स्थान पुनः दुर्गन्धित भई स्वच्छ वातावरणमा बस्न पाउने नागरिकको मौलिकहक माथि आघात हुने रोग, व्याधि आउने समेतका कारण वक्स कल्भर्ट काम सुचारु गर्न यस कार्यालय समेतलाई विपक्षी बनाई दायर परमादेशको रिटमा उच्च अदालत पाटनबाट मिति २०५०।५।२५ मा आयोजनाको काम सुचारु गर्न अन्तरिम आदेश समेत जारी भएको छ ।

(४) यस अबस्थामा काठमाण्डौं महानगरपालिकाले भुमिगत उल मिकेबाट हाल उक्त स्थान पुनः दुर्गन्धित भई बसोवास गर्न समेत नसकिने अवस्थामा छ कपनतर्फ सुरक्षा वाल नभएकोले ढल झिकेपछि बर्षाद्को भेलले छेउछाउका घरजग्गा जोखिममा रहेका, वाल नभएको कारण बाढी पसि भित्री वस्ती समेत डुवानमा परेको, बिजुलीका पोल ढल्न लागेका र किनाराको बाटो भत्किन गई आवतजावतमा कठिनाई समेत भएको कारण उच्च अदालतको अन्तरिम आदेशलाई पालना गर्दै, माथिबाट बक्स कल्भर्टबाट आएको इलामात्र बग्ने ठाउँमा खुल्ला राख्न नमिल्ने र खुल्ला राख्नु उपयुक्त समेत नहुँदा ढल, बाढी तथा बाटोको तिनवटै विकल्प भएको यस प्राधिकरणबाट लामो अध्ययन अनुसन्धानबाट उपयुक्त देखिएको र ठेक्का समेत लागेको धोबिखोला मिलनचोक खण्डको ५०० मी सम्मको तेश्रो चरणको बक्स कल्भर्ट आयोजनाको काम यथासिघ्र पुरा गरि, गराई स्वच्छ वातावरणमा बस्न पाउने हक सुरक्षित गरि पाउँ । साथै यस ज्ञापनपत्रको हस्तान्तरण पश्चात पीडित कपनका नगरबासिहरूले तत्काल समस्या समाधान हुने अपेक्षा गरेको एक स्थानीय पीडितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।