0 COMMENTS

असोज २६, काठमाडाैँ । काठमाडौँ महानगरपालिका १० र बुढानिलकण्ठ नगरपालिका ७ को सिमामा रहेको कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने महानगरको प्रयासपछि भएको विवाद ३ बुँदे सम्झौतापछि सामाधान भएको थियो । तर ३ बुँदे सम्झौता बमोजिम महानगरपालिकाले भत्काइएको क्षेत्रको ब्यवस्थापन नगरेपछि स्थानीय आन्दोलित हुन थालेका हुन् ।

स्थानीयले अति प्रभावित भएको साततलेदेखि आरम्भ चौकसम्मको १ किमि दुरीको एरियाको भत्काइएको सडकमा मौन रुपमा प्लेकार्ड बोकर यात्रा गरी जनदबाब सिर्जना गरेका हुन् । सयौंको सङख्यामा स्थानीयहरुले त्यसरी प्लेकार्ड बाकेर मौन आन्दोलन गरेका हुन् । उनीहरुले बाकेका प्ले कार्डहरुमा योजना विना भत्कायौ दुगन्धमा फसायौ, ढलको दुर्गन्ध चाहिँदैन जनता मार्न पाइँदैन, ढलको दुर्गन्ध फैलिया, मानवअधिकार कहाँ गयो ? भत्काउनलाई दुइ दिन बनाउनलाई कति दिन ? जस्ता अनेकन नाराहरु लेखिएका थिए ।

ती प्लेकार्ड बोकेर स्थानीहरु भत्काइएका क्षेत्रको सडक सफर गर्दै विरोध गरेका हुन् । विरोधमा उत्रिएका स्थानीयहरुले काठमाडाैँ महानगरपालिकाको वडा नं ६ ले सबैभन्दा बढी समस्या सिर्जना गरेको बताएका छन् । उनीहरुले वडा नं ६ को कार्यालयमा ज्ञापनपत्र बुझाएर भत्किएको संरचना कहिले बनाउने भनेर प्रश्न गरेका छन् । स्थानीयले अति प्रभावित भएको सात तलेदेखि आरम्भ चौकसम्मका क्षेत्रमा दुगन्ध फैलिएको, रोगहरु फैलिन थालेको र मच्छडको समस्या भएको र त्यसले सबैलाई प्रभावित गर्ने भएकोले अविलम्ब यस क्षेत्रको व्यवस्थापनको माग गरेका हुन् । उनीहरुले त्यसका लागि आन्दोलन गरिरहने र उपत्यका विकास प्राधिकरणमा धर्ना बस्न जाने बताएका छन् । उनीहरुले दुबै स्थानीय तह जो साँधमा बसेका छन् उनीहरु अति प्रभावीत भएको भन्दै अब एकगठ भएर आन्दोलित हुने बताएका छन् ।

तर काठमाडौं महानगरपालिकाको कदममा केही स्थानीयवासी महानगरको कदमको पक्षमा देखिँदा धेरैको भने विरोध रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।