0 COMMENTS

असोज २६, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियाेजनाअन्तर्गत बन्ने प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे छ । एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम् लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेण्डर परेपछि रद्द भएको हो ।

एमसीए नेपालले आज एक सूचनामार्फत एमसीसी परियाेजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे जानकारी दिएकाे छ । एमसीसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो ।

प्रसारण लाइन निर्माणको लागि एमसीए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर, न्यूनतम् बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।

एमसीसी परियाेजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा १ सय १७ किमी, रातमाटे–नयाँ दमौली ९० किमी र नयाँ दमौली–नयाँ बुटवल– भारतीय सीमासम्म १ सय ८ किलोमिटर लामाे प्रसारण लाइन बनाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।