0 COMMENTS

असोज २२, काठमाडौँ । नेपाल सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्दार तथा सहजीकरहणको काम सुरु गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले अनलाइन रजिस्ट्रेशनमार्फत स्वदेश फर्किन चाहने नेपालीको विवरण सङ्कलन शुरु गरेको जनाएको हो ।

समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना सङ्कलनको काम शुरु गरिएको दूतावासले जनाएको छ ।

अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै अनलाइन रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको छ । https://forms.gle/415GMXE2bZVEoBcR7  बाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ ।

इजरायलमा ४ हजार ७ सयभन्दा धेरै नेपालीहरु रहेका सरकारले जनाएको छ । ४ हजार ५ सय नेपाली केयरगिभरको रूपमा कार्यरत छन् ।

त्यस्तै, २ सय ६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् । कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूर-पश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको तथ्याँक रहेको छ ।

सरकारले आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन आवश्यक पहल भैरहेको पनि जनाएको छ । परराष्ट्र मन्त्रालयले मृतकको शव यथाशक्य छिटो नेपाल ल्याउन एवम् घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भैसकेको जनाएको छ ।

नेपाली दूतावासले आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अभिभ आइपुगेका र उद्धारको पर्खाइमा रहेका बाँकी नेपालीहरुलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र ईजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने काम भैरहेको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।