0 COMMENTS

असोज २२, काठमाडौँ । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।

बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन् । घटस्थापना अर्थात यही असोज २८ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ ।

आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।