0 COMMENTS

असोज १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले पार्टीको केन्द्रीय निति अनुसार एमसीसी, महङ्गी, कालाबजारि, भ्रस्टाचारी, मिटरव्याजी र दलाल संसदीय पुँजीवादी व्यवस्थाको बिरुद्ध नारावाजी र मसालजुलुस गर्दै उक्त कार्यक्रम कोणसभामा परिणत भएको थियो । उक्त कोणसभामा बोल्दै जिल्ला संयोजक रोजनले एमसीसी लागू भएका जुनसुकै देशहरू युद्ध मैदानमा परिणत भएको र नेपाल पनि त्यस्तै युद्ध मैदान बनाउन खोजेको बताउनु भयो ।

एमसीसीका मतियारहरुले आफू सत्ता र कुर्सीमा पुग्नको लागि यस्ता खालका रास्ट्रघाती सम्झौता गरेको बताउनु भयो । दलालहरुले बिगतमा पनि सत्ता र कुर्सिको लागी यस्ता खालका विभिन्न खाले रास्ट्रघाती सन्धि सम्झौताहरु गर्ने गरेको उदाहरण राख्दै अब खबरदारी गर्दै जनता सचेत हुनु पर्ने बताउनु भयो ।

जनसंघर्षको बलमा त्यस्ता दलालहरुलाई सांसद भवनबाट घिसारेर बानेश्वरको चोकमा नाङ्गै पारेर कालो मसो दल्ने र आन्दोलनको आँधिबेहेरीबाट जुनसुकै हालतमा अमेरिकी सम्राज्यवादलाईलखेट्ने र एमसीसी खारेज गराएरै छाड्ने संघर्षको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्ने उद्घोष गर्नुभयो।

अन्तमा, यो दलाल संसदीय व्यवस्थाको अन्त्य र जनगणतन्त्र र बैज्ञानिक समाजवाद स्थापनाको निम्ति सहभागी हुन जनतालाइ आह्वान गर्दै कार्यक्रम समापन गर्नु भयो । कार्यक्रम सन्चालन जिल्ला सहसंयोजक विवेकले गर्नु भएको थियो भने उक्त कार्यक्रममा जिल्ला इन्चार्ज कमरेड सरु लगायत जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।