0 COMMENTS

असोज १२, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै एट्लेटिको मड्रिडले जित निकालेको हो । एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र रोड्रिगो रेचेले एक–एक गोल गरेका थिए ।

खेलको २०औँ मिनेटमा एट्लेटिकोका ग्रीजम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८१ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै एट्लेटिकोलाई २–० गोलको जित दिलाए । यो जितसँगै एट्लेटिको ६ खेलबाट १३ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । पराजित भएको ओसासुना ७ अङ्कसहित १४औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।