0 COMMENTS

असोज ९, काठमाडौँ । दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस मङ्गलबार बिहानै दाङको अमिलियामा दुर्घटना हुँदा २७ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख लालबहादुर श्रेष्ठले दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका २ सुर्खेतका वर्ष ६८ कि गङ्गादेवी पुलामी र उनका छोरा खगेन्द्र पुलामी रहेका छन् । यस्तै गुलरिया नगरपालिका ६ बर्दियाका वर्ष ३७ का तिलक सुनार, वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका वर्ष १९ का पवन खड्का, सोही नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष ३० का सुनाईल थापा गम्भीर घाइते भएको बताए ।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०३६२ नम्बरको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्गको लमही नगरपालिका ९ अमिलियामा मङ्गलवार बिहान दुर्घटना भएको हो ।

घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३५ जना सवार रहेको अनुमान गरिएको छ । अन्य यात्रु सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।