0 COMMENTS

असोज २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अन्य कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको विषयमा पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ । पार्टी महासचिव देव गुरुङले एक परिपत्र जारी गर्दै पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमा रहेको ‘माओवादी केन्द्र’ को बारेमा छलफल गर्न सकिने बताएका छन् ।

महासचिव गुरुङले जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडी कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

गत भदौ २५ गते बसेको पार्टी पदाधिकारीहरूको बैठकका निर्णय जानकारी गराउन जारी गरिएको परिपत्रमा प्रदेश इञ्चार्जहरुको सिफारिस भएको बारे पनि जानकारी गराइएको छ । जस अनुसार बागमती प्रदेश इञ्चार्जको सिफारिसमा केन्द्रीय सदस्य कमला दोङलाई भक्तपुर जिल्लामा कार्यक्षेत्र तोकिएको छ । लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य जगप्रसाद शर्मा र नारायण प्रसाद अधिकारीलाई लुम्बिनी प्रदेशकै अनुगमन तथा स्कूल विभागको जिम्मेवारी तोकिएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।