0 COMMENTS

भदौ ३०, चन्द्रागिरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको चन्द्रागिरी नगर संगठन समितिको एकता अधिबेशन पार्टी प्रदेश सदस्य तथा नगर संयोजक आकाशको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त कार्यक्रम पार्टी केन्द्रिय कार्यालय सदस्य गम्भीरको प्रमुख आतिथ्यता तथा केन्द्रिय सचिबालय सदस्य प्रवेश र पुष्करको उपस्थितिमा भएको थियो ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार सदस्य मोतिरत्न अमात्य, काठमाडौँ जिल्ला संयोजक प्रकाश, सह—संयोजक हेमन्त तथा बेपत्ता परिवारबाट चन्द्र दुलालको आतिथ्यता रहेको थियो । नगर अधिबेशनले १७ सदस्यीय नगर कार्यसमिती चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।