0 COMMENTS

भदाै २८, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठनको बाँके जिल्लाको एकता भेला सम्पन्न भएको छ ।

एकता भेलाबाट संयोजकमा निर्वाचित रामु चौधरी र सह–संयोजकमा निर्वाचित बसन्त खत्री नेतृत्वको २५ सदस्य जिल्ला संगठन समिति सर्व सम्मत निर्वाचित भएको छ ।भेलाको अध्यक्षता रामु चौधरीले गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा ६ नं प्रदेश संयोजक पल वहादुर रावतले गरेका थिए ।

भेलाका अन्य अतिथिहरुमा पार्टी के स बाँके जिल्ला संयोजक हविफ खँ, पार्टी के स कृष्ण शाह, हरि न्यौपाने, वीर बहादुर परियार, प्रेम थापा, क्रान्तिकारी युवा संगठन नेपालीका ६ न. प्रदेश संयोजक प्रकाश शर्म लगायतले गरेका थिए ।

प्रमुख अतिथि लगएत सवैले नव निर्वाचित सवैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।