0 COMMENTS

भदाै २७, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेकपा एमाले पार्टी कार्यलयका अनुसार हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजे पछि घरमा लगिने जनाइएको छ ।
पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइनेछ ।

घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।