0 COMMENTS

भदाै २४, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर सुर्यविनायक नगर कमिटीको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको एकता अधिवेशनले जिल्ला सदस्य सिद्धको संयोजकत्वमा ११सदस्यीय नगर संगठन समिति निर्माण गरेको छ । पार्टी नगर कमिटि इन्चार्ज राम कुमार दोङ्गको अध्यक्षता सम्पन्न एकता अधिवशेनमा पार्टीका सचिवालय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज सरुले प्रमुख अतिथिको आसनबाट महत्वपूर्ण वैचारिक, राजनीतिक तथा सांगठनिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला पार्टी संयोजक रोजन , पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला पार्टी सह–संयोजक श्रीकृष्ण सुलु र विशेष अतिथि जिल्ला पार्टी संयोजक बिश्वासले सांगठनिक राजनैतिक, बैचारिक, सैद्धान्तिक र राजनीति कार्यदिशामा एकरुपता हुदै संघर्षबाट पार्टी जनतामा पुनर्स्थापित हुनुपर्नेमा जोड दिनु भयो । केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला पार्टी सह–संयोजक श्रीकृष्ण सुलुले पनि सामन्तवादको नेताले राजा चाहिन्छ भनेर एउटा शक्ति लागि परिरहेको यो बेलामा हामी क्रान्तिकारीहरु एक ढिक्का हुनुको विकल्प नरहेको बिचार व्यक्त गर्नु भयो र अन्तमा सबैलाई धन्यवाद दिदै कार्यक्रमका अध्यक्षद्वारा कार्यक्रम समापन गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।