0 COMMENTS

भदाै २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशले भदौ २१ गते स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियालाई कालोमोसो दली गरिएको जनकारबाहीमा पार्टीको दृढ समर्थन रहेको जनाएको छ । पार्टीको ३ नं. प्रदेश संयोजक अटलले बिहीबार साँझ प्रेस वक्तव्य जारी गर्दै जनस्वास्थ्यमा गम्भीर खेलबाड हुने गरी व्यापक भ्रष्टाचार गरेकाले जनताका तर्फबाट कालोमोसो दलिएको र त्यसप्रति पार्टीको दृढ समर्थन रहेको जनाएका हुन् ।

भ्रष्टाचारी सुरेन्द्र चौरासियाका भ्रष्टाचारका नालीबेली सार्वजनिक गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नं. प्रदेश संयोजक अटलले भनेका छन्, ‘मुद्दालाई ओझेलमा पार्न अख्तियारका आयुक्तहरूलाई मोटो रकम बुझाएको, १२ करोड चक्की भए पुग्नेमा भ्रष्टाचार गर्नकै लागि २१ करोड किनेको, म्याद सकिएको आइरन चक्कीमा नयाँ मिति राखेर प्रिन्ट गराएको, लेखापालले भुक्तानी गर्न नमान्दा आफैँले भुक्तानी गर्ने अधिकार लिएको, भुक्तानीको फाइल बोकेर सम्बन्धित सबै विभाग, महानिर्देशक शाखा, मन्त्रालयमा दौडिएको, प्रयोगशालाको रिपोर्ट नआउँदै सबै औषधी ल्याइसकेको, विगतमा पनि विभिन्न नैतिक तथा चारित्रिक काण्डमा परेर कारबाहीमा परिसकेका चौरासिया शक्तिकेन्द्रलाई रिझाएर भ्रष्टाचार गर्ने थलो खरिद शाखामा लामो समयदेखि बसिरहेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।