0 COMMENTS

भदौ २०, भक्तपुर । मंगलबार विभिन्न क्षेत्रका अभिभावक, बुद्धिजीवी एवं समाजसेवीहरूको एक भेला सम्पन्न भएको छ । विद्यमान अवस्थामा भेलामा विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत बालबालिकाको सामूहिक अभिभावकीय जिम्मेवारी लिनुपर्ने दायित्वमाथि मनन् गर्दे नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुरलाई नयाँ ढंगले सशक्त र सक्रिय बनाउने निर्णय गरेको छ ।

नयाँ, पुराना सदस्यहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा गोविन्द दाहाल अध्यक्ष,रामकृष्ण न्यौपाने उपाध्यक्ष, बद्रि प्रसाद पौडेल सचिव र सुरेन्द्रप्रसाद जोशी कोषाध्यक्ष रहेका छन् ।

यसैगरी कार्यसमितिका सदस्यहरुमा गोविन्द प्रसाद दाहाल,धिरज कायस्थ, बलराम दाहाल,श्याम बानियाँ, मोहनकृष्ण श्रेष्ठ र लालबहादुर भुजेल रहेका छन् । विधान अनुरुप पदेन सदस्यमा पूर्व अध्यक्ष प्रवीण जोशी रहेको कुरा सचिव पौडेलले बताएका छन् । तत्काल बसेको समितिको बैठकले निकट भविष्यमा अधिवेशनको लागि ४ वटै नगरपालिका क्षेत्र प्रतिनिधित्व हुनेगरी तयारी समिति बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।