0 COMMENTS

भदाै १९, अछाम । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपाल अछाम जिल्लाको एकता भेला सम्पन्न भएको छ । सम्पन्न भेलामा १३ सदस्यीय प्यानल प्रस्तुत गरिएको थियो । जसमा जिल्ला संयोजक जगत साउँद, सदस्यहरू अर्जुन, ललित, ललीगुरांँस लगायत रहेका छन् ।

भेलाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला इन्चार्ज सीतल, बिशिष्ट अतिथि क्रान्तिकारी युवा संगठन, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा सुदूर-पश्चिम प्रदेश इन्चार्ज भुवन र अतिथिमा क्रान्तिकारी युवा संगठन, नेपालका केन्द्रीय सदस्य तथा सुदूर-पश्चिम प्रदेश संयोजक दिपेन्द्र, अछाम जिल्ला पार्टी संयोजकको उपस्थिति थियो ।

भेलाको अध्यक्षता क्रान्तिकारी युवा संगठन, नेपाल अछाम जील्ला संयोजक जगत साउँदले गरेका थिए भने सञ्चालन सुसानले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।