0 COMMENTS

भदाै १९, काठमाडौँ । क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट नेवा राष्ट्रिय मुक्ती मोर्चाले काठमाडौँको असनमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि र राष्ट्रघाती एमसीसीको विरुद्ध कोण सभा सम्पन्न भएको छ ।

काठमाडौँको असनमा सम्पन्न कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा नेवा राष्ट्रिय मुक्ती मोर्चाको केन्द्रिय उपाध्यक्ष गोर्की श्रेक्ष्ठ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा नेवा राष्ट्रिय मुक्ती मोर्चाको केन्द्रिय महासचिव शिव श्रेष्ठ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य वन्धुदेव पाण्डे र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा नेवा राष्ट्रिय मुक्ती मोर्चाको काठमाडौ जिल्ला अध्यक्ष ज्ञानेन्द्र प्रजापतिले सम्वोधन गर्नु भएको थियो भने कोणसभालाई नेवा राष्ट्रिय मुक्ती मोर्चाको काठमाडौ जिल्ला सचिव गोपाल श्रेष्ठले संचालन गर्नुभएको थियो ।

असन चोकबाट शुरु भएको जुलुस इन्द्रचोक, किलागल हुँदै पुन असन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।