0 COMMENTS

भदाै १६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ मर्चाखोलामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका नगर कमिटी सदस्य तरुण श्रीस मगरको हजुरआमा मनकुमारीको स्मृतिमा शोक ब्यक्त गर्दै सोे पार्टीले श्रद्धाञ्जली सभा गरेको हो ।

श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला संयोजक रवि पाण्डेयले मृत्युलाई शोकमा नभई शक्तिमा बदल्दै वर्गीय आन्दोलनमा जुटन सबैलाई आग्रह गरे । पाण्डेयले जन्म र मृत्यु जिवनको सत्यता रहेको चर्चा गर्दै असामायिक निधनले धेरै पीडा दिने गरेको उल्लेख गरे । उनले शोकमा डुबेर आफ्नो जिजिबिका माथि प्रभाव पार्न नहुने बताउँदै सुखमा मात्र नभई दुःखमा पनि पार्टीले साथ दिने बताए ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा जिल्ला सह-संयोजक गणेश ढकाल, नगर इन्चार्ज चुडामणी भण्डारी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्देश सापकोटा, राजेन्द्र न्यौपाने, आनन्द ढकाल र समाजसेवी बिष्णु गैरैलगायतको सहभागिता रहेको सो पार्टीले जनाएको छ । कार्यक्रम पार्टीका नगर संयोजक ज्ञानबहादुर केसीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।