0 COMMENTS

भदाै १६, काठमाडौँ पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो । सालझन्डीबाट गुल्मीको दिगाम आउँदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ । ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित  लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । स्कार्पियो ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।