0 COMMENTS

भदाै १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नायाँ नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले नायाँ नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने बताएका हुन् ।

उनले भने, ‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ । प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ ।’

भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा समेटिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।