0 COMMENTS

भदाै १५, काठमाडाैँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले दिएको ३२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमै पूरा गरेको छ । 

बहराइनसँगको खेलमा नेपालकाे सहज जितका लागि कविता कुँवरले नटआउट १७ रनकाे पारी खेलिन् । अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

मलेसियाको क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमै समेटियाे। बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन् । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।