0 COMMENTS

भदाै १४, काठमाडाैँ । काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको २ सय १० रोपनी जग्गा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तनहुँ जिल्ला समितिले कब्जा गरेको घोषणा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिका सचिवालय सदस्य एवं गण्डकी प्रदेश सचिवालय सदस्य नेत्र रानाभाट, युवा संगठनका जिल्ला संयोजक अग्नि टाइगर लगायतका नेताहरुले मंगलबार उक्त जग्गामा व्यानर टाँसेर जग्गा कब्जाको घोषणा गरेका थिए ।

एमसीसी परियोजना भदौ १३ गते बुधबारबाट कार्यान्वयन हुन गईरहेको अवस्थामा उक्त परियोजना कार्यान्वयन गर्न नदिनकोलागि जग्गा कब्जा गरिएको रानाभाटले बताए । जसले उक्त जग्गामा गएर निर्माणको काम गर्छ, त्यसलाई पार्टीको नीति अनुसारको कारवाही गरिने रानाभाटले बताए । एमसीसी परियोजना राष्ट्रघाती परियोजना भएको हुँदा उक्त परियोजनालाई कुनै पनि हालतमा कार्यान्वयनमा आउन नदिने रानाभाटले बताए ।

एमसीसी परियोजना अन्तर्गत रातमाटे–दमौली–बुटवल खण्डमा बन्ने विद्युत प्रसारण लाइनको सव स्टेशन राख्न उक्त जग्गा सर्वसाधरणबाट खरिद गरिएको थियो । पाँच वर्ष भित्र सम्पन्न गर्ने उक्त परियोजना भदौ १३ गते बुधबारबाट कार्यान्वयनमा जाने छ । यस अघि उक्त जग्गामा गत जेठ १६ गते नेकपा माओवादी केन्द्रीय जनसत्ताले व्यानर टाँगेर कब्जाको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।