0 COMMENTS

भदाै १३, पाल्पा । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको गुडिरहेको जिपमा माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा घटना भएको हो ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला भए पनि उनीहरुको पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि पाल्पाको तानसेन मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।