0 COMMENTS

भदाै १२, काठमाडौँ । एमसीसी खारेजी आन्दोलनको क्रममा पार्टीका केन्द्रीय नेताहरु गिरफ्तार पर्न थालेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सरकारको तीव्र विरोध गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले बुधबार जारी गरेको वक्तव्यमा राष्ट्रिय स्वाधीनता तथा जनजीविकासँग सम्बन्धित माग राखेर शान्तिपूर्ण भित्तेलेखनमाथि गरिएको प्रहरी दमन दाहाल सरकारको अमेरिकी साम्राज्यवादप्रतिको भक्ति र जनताको देशभक्तिपूर्ण आन्दोलनबाट पैदा भएको आतंकको परिणाम भनिएको छ ।

वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दै गिरफ्तार हुनुभएका सम्पूर्ण कमरेडहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्दछ । साथै, हाम्रो पार्टी आम देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समूह तथा व्यक्तित्वहरुलाइ सरकारको राष्ट्रघाती, जनघाती तथा फासिवादी कदमका विरुद्ध सडकमा उत्रिन हार्दिक अपील गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।