0 COMMENTS

भदाै १२, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले दोहोरो नागरिता लिएको भन्दै उजुरी परेको छ । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले आईसीसीका अध्यक्ष समेत रहेका आचार्यले बेलायती राहदानी हुँदाहुँदै किर्ते झुटो विवरण पेशी गरी नेपाली राहदानी लिएको भन्दै उजुरी हालेका हुन् ।

गाहा मगरले बेलायती नागरिक हुँदाहुँदै किर्ते गरेर नेपाली नागरिकता लिएको प्रमाणसहित कारवाहीको माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका छन् । उजुरीको बोधार्थ गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, पर्वत र नेपाली राजदूतावास लण्डनलाई पनि दिइएको छ । संघको बेलायतका पूर्वअध्यक्ष समेत रहेका आचार्यको नागरिकताबारे गैरआवासीय नेपालीहरुले छानबिनको माग गरेकोले आफूले उजुरी गरेको गाहा मगर बताउँछन् । संघका २० हजार ७०७ पञ्जीकृत सदस्यहरुले छानबिनको दबाव दिँदै आएको उनले बताएका छन् ।

बेलायती राहदानी भएकै बेला आचार्यले सन् २०१४ को जुलाई ०६ मा २४१८१६१ नम्बरको नेपाली राहदानी लिएको थिए । नविकरणपश्चात गरेको नेपाली राहादनीको अहिलेको नम्बर ०७५८५०३९ रहेको छ् । आचार्यले सन् २०१३ मा नेपाली एनआरएन कार्ड लिएका थिए । आचार्य सन् २००२ मा जर्मनी हुँदै बेलायत प्रवेश गरी सन् २००६ मा बेलायती नागरिकको हैसियतले पहिलो पटक बेलायती राहदानी लिएको थिए । उक्त राहदानी सन् २०१२ र २०२२ मा राहदानी नविकरण गरेका छन् । २७ सेप्टेम्बर २०२२ मा जारी भएको बेलायती राहदानी सन् २०३२ सेप्टेम्बर २७ सम्म बहाल हुनेछ । उनको राहदानी नम्बर १२४७६११४० हो ।

आचार्यको नेपाली राहदानी (२४१८१६१) लिएको रेकर्डमा देखिन्छ । सन् २००४ डिसेम्बर १० सम्म उक्त राहदानी बहाल थयो । सन् २०१४ जुलाई ६ गते नवीकरण गरेर अहिले आचार्यले बोकेको राहदानीको नम्बर ०७५८५०३९ रहेको छ । पर्वत घर भएका आचार्य नक्कली भुटानी शरणार्थी बनेर जर्मनी पुगेको उजुरीमा दाबी गरिएको छ । “निज कुल आचार्य सन् २००२ मा गैर कानूनी माध्यमबाट जर्मनी हुँदै बेलायत प्रवेश गर्नु भएको थियो । उहाँ सन् २००२ मा विदेश जाँदा भूटानी शरणार्थीको हैसियतमा जानु भयो । निजको राहदानी नवीकरणको निवेदन विवरण हेर्दा मिति २०४६।०२।२३ मा ५११४७५७ नम्बरको नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालयबाट लिएको पुष्टि हुन्छ” उजुरीमा उल्लेख छ ।

आचार्यले सन् २००२ मा बेलायत प्रवेश गरेपछि सन् २००६ मा पहिलोपटक बेलायती राहदानी लिएका थिए । उक्त राहदानी सन् २०१२ सम्म बहाल थियो । राहदानीको म्याद सकिएपछि उनले पुनः नवीकरण गरे र अहिले उनीसँग भएको राहदानी नम्बर १२४७६११४० बेलायती रातो पासपोर्ट खल्तिमा बोकेका छन् ।

नेपालको प्रचलित नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (१) मा नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन उल्लेख गरिएको छ । त्यसैगरी राहदानी ऐन २०७६ को दफा २१ बमोजिम झुट्टा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा वा लिन प्रयत्न गरेमा कसूर गरेको मानिने व्यवस्था छ । त्यस्तो कार्य गर्नेलाई दफा २२ बमोजिम तोकिएको सजाय समेत हुने कानुनी प्रावधान पनि छ ।

यसरी झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ एक लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तै, झुटो विवरण दिई नागरिकता प्राप्त गरे वापत यस उपदफ बमोजिम सजाय भएमा त्यसरी प्राप्त नागरिकता स्वतः रद्द हुने कानुनी व्यवस्था छ । नक्कली भुटानी शरणार्थी बनेर झुटा विवरण पेश गरी नागरिकता लिएको भन्दै बेलायतको अध्यगमनमा पनि उजुरीको तयारी भइरहेको बताइएको छ ।

आचार्यले गैरकानुनी कार्य गरेर विश्वभर छरिएका नेपालीको बदनाम गरेको भन्दै गाहा मगरले कारवाहीको माग गरेका छन् । उनले यस्ता कार्य कसैले पनि गर्नु हुँदैन भन्ने जनचेतनाको लागि पनि आफूले उजुरी दिएको गाहा मगरको भनाई रहेको छ ।

आचार्य एनआरएनको एउटा समूहको पहिलो अध्यक्ष बनिसकेका छन् । सो समूहको अध्यक्ष बद्री केसी छन् भने त्यसपछि रविना थापा अध्यक्ष बन्ने छन् । यो एनआरएनएको विधान विपरित छ । सो समूहमा कार्यकाल रहेसम्म तीनै जनाको हैसियत अध्यक्षको हुने र कार्यकारी एक जना हुने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।