0 COMMENTS

भदौ १०, काठमाडौँ । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी र सुदूर-पश्चिम प्रदेशका प्रदेश प्रमुख मुख्य मन्त्रीको निवास अवलोकन समेत गरे । ८५ करोडको लागतमा निर्माण भएको आवास भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ । २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि आलिशान निवास तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।