0 COMMENTS

भदौ १०, काठमाडौँ । ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनीहरु राज्यबिहीन मात्रै नभएर देशलाई पनि ठूलो क्षति हुने संयोजक सुनबहादुर तामाङले बताएका छन् । आइतबार संवाद डबलीमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान, बेलायत/नेपाल (बीजीएनसीसीसी–यूके/नेपाल) का संयोजक सुनबहादुर तामाङले पत्रकार सम्मलेन गरेर संविधानमै ब्रिटिस गोर्खाहरुलाई नेपाली नागरिकताको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।

संयोजक सुनबहादुर तामाङले कानुनमै ‘कुनैपनि नेपाली नगरिकले स्वच्छाले विदेशी नागरिकता लिएमा स्वत नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख भएकोले ब्रिटिस गोर्खालीहरुमा पनि लागु हुने र त्यसले नेपाल र स्वयम बेलायतमा बस्ने गोर्खालीहरु दुबैलाई घाटा पुग्ने उनको जिकिर छ । “स्वतः खारेज हुनेछ भन्ने संवैधानिक प्रावधानमा ‘गोर्खाली र तिनका सन्ततिहरुको हकमा भने लागु हुने छैन भन्ने मात्रै उल्लेख गरेको खण्डमा हामी सम्भावित खतराबाट बच्ने थियौं” तामाङले बताए ।

संयोजक तामङले विश्वभर छरिएका अरु नेपाली नगरिक र ब्रिटिस गोर्खाहरुको प्रकृति फरक रहेको धारणा राख्दै भने,“ब्रिटिस–गोर्खाहरु आफ्नो सोइच्छाले भन्दा देशको तत्कालिन आवश्यकताले ब्रिटस गोर्खामा भर्तिको प्रचलन स्थपित भएकाले राज्यले योगदानलाई बिर्सन हुँदैन ।”

नेपाली नागरिकताको निरन्तरता किन ?

सन् १८१६को सुगौली सन्धि ताका गोर्खाहरुलाई तात्कालिन नेपाल सरकारले बेलायती सेनामा पठाउने र त्यसको बदलामा तत्कालिन इष्ट इण्डीय कम्मनीले नेपालमाथि आक्रमण नगर्ने सर्त अनुसार सो प्रचलन चलेको तामाङको भनाई छ । यसरी नेपाली नगरिकताबाट बञ्चित गराईए गोर्खाहरु राज्य बिहिन मात्रै नभएर देशमा विभिन्न क्षति हुने उनको ठहर छ । विदेशी मुद्रामा नभित्रिने र पुँजी पलायन, गोरखालीहरुको बेलायत बसाई अशुरक्षित र राज्य बिहिन हुने खतरा, गोर्खालीहरु नेपालबाट लोप हुने तथा देशले दक्ष जनशक्ति गुमाउने, गोर्खा सैनिक भाडाका सैनिक र गुलामकारुपमा परिचित हुनुका साथै त्यसेले विश्वभर बहादुर गोर्खाहरुको पहिचान खराब हुनेलगायतका सम्भावित खतराबाट जोगाउन उनिहरुलाई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने संयोजक तामाङको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।