0 COMMENTS

जनगणतन्त्र चीनको शिक्षा जनगणतन्त्र चीनको शिक्षा भन्नाले स्वयम् चीनको शिक्षा त बुझाउँछ त्यसको अलवा हङकङ्ग, मकाउ र ताईवाजको शिक्षालाई पनि बुझाउँछ किनभने यी ठाउँहरूमा प्रायः चीनकै नीति अनुरूप शैक्षिक नीति अपनाइएको हुन्छ । चीनको शिक्षा प्रणाली सामुदायिक शैक्षिक नीतिमा आधारित रहेको छ । यद्यपि यो राज्यगत रूपमा रहे पनि शिक्षा मन्त्रालयद्वारा निर्देशित छ । चीनका सबै नागरिकहरू कम्तिमा नौ वर्षसम्म स्कुल शिक्षामा उपस्थित हुनुपर्नेछ । चीन सरकारले प्राथमिक शिक्षा छ वर्ष जुन छ वा सात वर्षबाट सुरु हुन्छ अर्को छ वर्षबाट सुरु हुन्छ । अर्को छ वर्ष माध्यमिक शिक्षा जुन् १२ देखि १८ वर्षसम्म नागरिकहरूले प्राप्त गर्नेछन् । केही स्वाधीन राज्यहरूमा प्राथमिक शिक्षा पाँच वर्षमा प्राप्त गर्ने नियम गरिन्छ तर मिडल स्कुल र तीन वर्ष हाई स्कुलाई छुट्टाइएको हुन्छ । प्राथमिक शिक्षा प्राथमिकको लागि चीन सरकारले सम्पूर्ण छ वा सात वर्षका नागरिकलाई अनिवार्य रूपमा उपस्थित हुनुपर्ने कानुन बनाएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ९९ प्रतिशत प्राथमिक तहहरूमा ८० प्रतिशत प्राथमिक र माध्यमिक तहमा विद्यार्थी उपस्थित हुने गरेको जनाएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ९९ प्रतिशत प्राथमिक तहहरूमा र ८० प्रतिशत प्राथमिक र माध्यमिक तहमा विद्यार्थी उपस्थित हुने गरेको जनाएको छ । सन् १९७५ मा सरकारले Tex Found High Education को नीतिलाई भङ्ग गर्यो र तदअनुरूप विश्वविद्यालय शिक्षा प्राप्तिको लागि शैक्षिक योग्यतामा आधारित रहेर छात्रावृत्तिको सुरुआत गर्यो । सन् १९८० को सुरुआतमा सरकाले पहिला निजी शिक्षालयहरू स्थापना गर्न सकिने नीति ल्यायो सम्पूर्ण जनसङ्ख्याको ६.२ वर्षहरू शिक्षामा उपस्थित भएको पाइन्छ तर सन् १९६८ मा सरकारले हरेक नागरिकको नौ वर्ष विद्यार्थी जीवनमा व्यतीत गर्नुपर्ने नीति सन् २००० सम्मको लागि ल्यायो । यसलाई हेर्ने हो भने चीनको शैक्षिक नीति योजनावद्ध तरिकाले वार्षिक वा वर्षीय योजनामा आधारित छ न कि हाम्रो बिसौँ वर्ष अगाडिको योजनामा आधारित छ ।

युएनडिपीले प्रतिवेदन गरे अनुसार सन् २००३ मा चिनियाँसँग ११६३९० किन्न्डरगार्डेन कक्षाहरू थिए जसमा ६१३०० शिक्षकहरू थिए भने दुई करोड विद्यार्थीहरू थिए । यही समयमा ५७ लाख शिक्षहरूले ४२५८४६ प्राथमिक विद्यालयहरूमा ११६.८ मिलियन विद्यार्थीहरूलाई अध्यापन गराउँथे । सामान्यतया माध्यमिक विद्यालयतर्फ १९४९० इन्स्टिच्युटहरू थिए । ४५ लाख शिक्षकहरूले ८ करोड ५८ लाख विद्यार्थीहरूलाई अध्यापन गराउँथे । त्यहाँ ३०५३ खास माध्यमिक विद्यालयहरू थिए जसमा १९९००० शिक्षकहरूले ५० लाख विद्यार्थीहरूलाई अध्यापन गराउँथे । खास माध्यमिक विद्यालयहरू ६८४३ कृषि भोकेसनल, स्कुलहरू थिए । यसमा २८९००० शिक्षकहरूको सङ्ख्या र ५२ लाख विद्यार्थीहरू थिए र १५५१ स्पेसल स्कुलहरूमा तीनहजार शिक्षकहरूले ३६५००० विद्यार्थीहरूलाई अध्यापन गराउँथे । चीनसँग शिक्षामा ठुलो मात्रामा गुणात्मक सङ्ख्यामा वृद्धि भएको पाइन्छ । सन् २००३ मा चीनमा १५५२ कलेज र विद्यालयहरू थिए जुन उच्च शिक्षा प्राप्तिको आधारहरू बनेको पाइन्छ । त्यहाँ ७२५००० प्राध्यापक थिए र उनीहरूले एक करोड १० लाख विद्यार्थीहरूलाई अध्यापन गराउँथे जसमा सय National Key University and Tsinghua University रहेको पाइन्छ । college – Age Population १९७८ मा १.४ प्रतिशत थियो भने यो ह्वात्तै बढेर शतप्रतिशतमा पुग्यो । प्रत्येक वर्ष चार लाख पचास हजार इन्जिनियरिङ्ग विद्यार्थीहरूले कलेजबाट ग्राजुयट गरेको पाइन्छ, जसमा पचास हजारले मास्टर डिग्री र आठ हजारले विद्यावारिधि गर्ने गर्दछन् । सन् २००२ मा चीनमा साक्षरता प्रतिशत ९०/८ प्रतिशत थियो जसमा ९५.१ प्रतिशत पुरुष र ४६.५ प्रतिशत महिला छन् । ल अफ पिपुल्स रिपब्लिक अफ चाइनालाई हेर्ने हो भने (Regulation on Acadamic Degrees, The Teachers Law, The edition law the law on Vocation education and the law on higher education) रहेको पाइन्छ ।

चीनको शैक्षिक इतिहास

सांस्कृतिक क्रान्तिको अन्त्य भएपछि नै चीनको शैक्षिक प्रणाली आर्थिक आधुनिकीकरणतर्फ बढ्यो । सन् १९५८ मा राष्ट्रिय केन्द्रीय सरकारको आधारभुत स्थानीय सरकारलाई पनि शिक्षा नीतिमा जोड दिन प्रेरित गर्यो, जसलाई चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय बैठकले Decision on the reform of the educational structure को रूपमा पास गरेको थियो । त्यस्तै अनुरूप सरकारले शैक्षिक नीति बनेको इतिहास त्यतिबेला पाइन्छ । सन् १९८५ मे को शैक्षिक सुधार योजनाले नौ बर्से अनिवार्य शिक्षा लिनुपर्ने नीति ल्यायो र यही महिना राज्य शिक्षा आयोज state education commission स्थापना गर्यो र सातौँ पञ्च वर्षीय योजना (सन् १९८६–९०)ले शिक्षा नीतिमा महत्वपूर्ण सुधारहरू ल्यायो सन् १९८६ राज्यको बजेटको १६.८ प्रतिशत शैक्षिक लगानीमा लगाइयो । सन् १९८४ मा जम्मा १०.४ प्रतिशत मात्र थियो । सन् १९५० देखि शिक्षामा सुधारका योजनाहरू ल्याए पनि सधैँ विविधिकरणहरू जस्तो आदर्शता र व्यवहार राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिले विरोधाभास जन्माइराख्यो तर The Great Leap Forward (सन् १९५८–६०) र समाजवादी शैक्षिक आन्दोलनले शिक्षामा रहेको विरोधाभास शैक्षिक अन्यौललाई हटाइयो, जसले मजदुर किसान र सहरिया र गाउँलेहरू बिच रहेको सांस्कृतिक र सामाजिक विभेदलाई हटाइयो । तदनुरूप चीनमा विद्वान् र मजदुरहरू बिच बौद्धिक, सामाजिक र आर्थिक तथा राजनीतिक एकता कायम हुन सुरुआत गर्यो । यसै अनुरूप बेजिङ् सरकारले शिक्षा नीतिमा समुदायलाई प्रभाव पार्ने गरी फरक किसिमका आधारभुत संरचनाहरू ल्यायो । क. माओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चार आधुनिकीकरणको लागि शिक्षा नै हर्ताकर्ता हो भन्ने नीति अनुरूप सन् १९८० मा ‘विज्ञान र प्रविधिलाई’ शिक्षामा समावेस गर्यो जसले शैक्षिक नीतिलाई अत्यधिक प्रभाव पार्यो । सन् १९८६ मा सीपमुलक वैज्ञानिक शिक्षाको प्रादुर्भाव भयो यद्यपि मानविकि शिक्षालाई पनि महत्वपूर्ण ठानियो तर vocational and Techinical education लाई आधुनिकीकरणको प्यारामाउन्टको रूपमा स्वीकारियो । संशोधनवादी नेता देङ सिआपिङले क. माओको शैक्षिक नीतिलाई काट्ने प्रयत्न गरेर आर्थिक विकासलाई टेवा दिई शैक्षिक नीतिलाई ओझेलमा पार्यो । सन् १९७८ मा चीन सरकारले दखल तथा बुद्धीजीवीहरूलाई कुनै कुरामा नहिच्किचाइकन शिक्षामा Four Modernization मा विचारहरू अभिव्यक्त गर्न टेवा दियो । जसअनुरूप For cardinal principles मा टेवा दियो ।

सहित्य र कलालाई पनि सन् १९७० मा र सन् १९८० को दसकमा टेवा दिइएको थियो भने परम्परागत स्वरूप फेरि एकपटक चिनियाँ शिक्षामा प्रवेश गराइयो र नयाँ किसिमका साहित्यिक र सांस्कृतिक अभिव्यक्तिहरू देश विदेशबाट प्रवेश गराइयो, जसले शिक्षालाई सुनमा सुगन्ध थपे झैँ गर्यो ।

विकास

सिङ्गाह्वा विश्वविद्यालय चीनको उत्कृष्ट तथा सर्वोच्च विश्वविद्यालय हो । संसारको पाँच भागको एक भाग जनसङ्ख्यालाई नौ बर्से अनिवार्य शिक्षा नीति अनुरूप चीनले सन् १९५० देखि नै प्रदान गर्दै आएको छ । यो अनिवार्य शिक्षा नीति चीनको ९० प्रतिशत जनसांख्यिक क्षेत्रमा लागु भैराखेको छ । जसले, महिला, पुरुष, जवान, र मिडिल एजमा राम्रो प्रभावमयी निराक्षरता घटाएको छ । यसले ६ करोड प्रध्यापकहरूलाई प्राविधिक बनायो भने अर्कोतर्फ मजदुरहरू जम्माजम्मी ४० करोडलाई जुनियर र सिनियर हाइस्कुलमा उपस्थित हुने गरायो । आज २५ करोड चिनियाँहरूले सामान्यतया तीन किसिमको शिक्षा प्राप्त गर्दछन्, जसमा elementary, junior and senior high school गरी तीन तह छन् । यो संसारको शिक्षा उपयोग गर्ने नीतिमा डबलको रूपमा वृद्धि थियो । नेट इलिमेन्ट्री स्कुले ९८.९ प्रतिशत प्रभावकारी बन्यो भने ग्रसइनरोलमेन्ट रेट junior higher school मा ९४.१ प्रतिशत लागु भयो ।

चीनको शैक्षिक विकास यति भयो कि दसवर्ष अगाडि MBA लाई खास रूपमा नमानिएको भए पनि सन् २००४ मा ४७ हजार कलेज एमविएहरू स्थापना भए । स्कुलदेखि कलेजसम्म दसौँहजार एमबीएहरू ४७ विश्वविद्यालयको मातहतमा रहेर काम गर्न थाले, peking university and tsioghu university मा यस क्षेत्रमा टेवा दिए । जसअनुरूप इएमबीए र एमपिएको व्यापक भुमिका रहँदै गयो । अर्को तर्फ continuing education को रूपमा विदेशी भाषा, शिप र कला पनि चिनियाँ शिक्षा नीतिमा लागु गरियो, जुन जीवनपर्यन्त सिकाइ बन्यो । चिनियाँ विद्यार्थीहरू विदस गई पढ्ने पनि गर्दछन् । सन् १९७९ देखि खासगरी सुरु भएको प्रथा हालसम्म पनि कायम छ । ६९७,००० चिनियाँ विद्यार्थी १०३ देशहरूमा अध्ययन गर्न गएकोमा १८५,००० शिक्षा पुरा गरेर देश फर्केका छन् भने विदेशी विद्यार्थीहरूको पनि चीनमा अध्ययन गर्ने घुइँचो लागेको छ । २००४ मा ११००० विदेशीहरू १७८ राष्ट्रबाट चीनमा अध्ययनको लागि गएका थिए । चीनले शिक्षामा पनि बजेट बढाएको छ । हरेक वर्ष एक/दुई प्रतिशत शिक्षामा बजेट वृद्धि गर्ने गर्दछ । आर्थिक रूपमा असक्षम काम गर्नेहरूको लागि Non compulsory शिक्षा अन्तर्गत work study program ल्याएको छ । अर्को महत्वपूर्ण पक्ष के छ भने चीनले यति वर्षमा यतिलाई यस्तो किसिमको शिक्षा दिइने भनेर नीति ल्यायो भने त्यो अनि अनुदार पूर्ण ढङ्गले लागु भएको पाइन्छ । शिक्षामा वैज्ञानिक र योजनागत नीतिनै चीनको महत्वपूर्ण र प्रतिस्पर्धात्मक नीति हो ।

शैक्षिक नीति 

सन् १९४९ मा कोमितान्ङ्को शासन अन्त्यपछि चीनमा Feudal capitalist system को अन्त्य भयो । जसले मजदुर कृषकहरूलाई शिक्षा प्राप्त गर्नदेखि बञ्चित गराएको थियो । तथापि सनयातसेनको शिक्षामा विशेष जोड भए पनि पछि शिक्षामा Mirxist ideology को प्रयोग भयो जसले शिक्षामा व्यावहारीक प्रयोग सर्वोच्च बुद्धिमत्ता थाल्यो । विज्ञान र सीपमुलक शिक्षा यसका आधारभुत संरचना थिए । परिणामस्वरूप मजदुर र कृषकहरू रातारात गुरुवर्गमा परिणत भए तर तिनीहरू बुर्जुवाहरूलाई सम्मान गर्न र अर्कोतर्फ आफ्नो ज्ञान आदान प्रदान गर्न असक्षम भए । यो चीनको शैक्षिक इतिहासमा हाँसो उठ्दो प्रश्न पनि हो ।

शैक्षिक प्रणाली

चरणहरू

सन् १९४९ पछि हेर्ने हो भने माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूमा भन्दा चीनको प्राथमिक विद्यालयहरूमा विद्यार्थीको रुची बढेको पाइन्छ । यसो हुनुको एक कारण उच्च शिक्षालाई प्रयात्प स्रोतहरू नहुनु पनि हो भने विद्यार्थीहरू यो शिक्षा लिनुपुर्व नै व्यावसायिक बनिसकेका हुन्छन् । बहिरो र अन्धाहरूका लागि चीनिया सरकारले प्री–स्कुल र किन्डर गार्डेन जस्ता शिक्षा प्रदान गरेको छ भने अर्कोतर्फ, प्राथमिक, माध्यमिक, प्राविधिक र माध्यमिक पेसागत विद्यालयहरू र अन्य संस्थाहरू पनि चिनियाँ शैक्षिक पद्धतिका विभिन्न चरणहरू हुन् । सन् १९४९ देखिनै चिनियाँ कम्युनिस्ट पार्टीले शैक्षिक प्रणालीमा शैक्षिक व्यवस्थाको नीति ल्यायो ।

नयाँ दिशाहरू

सन् १९५८ मा शैक्षिक राष्ट्रिय सम्मेलन गरी एउटा ड्राफ्ट तयार पार्यो । Draft decision on reforming the education system ले जनतालाई आधारभूत शिक्षा प्राप्तिको लागि आधार मान्दै बढीमा मान्छेलाई शिक्षा दिइने आधार बनायो । यसैले राज्यहरूमा शिक्षा आयोगको गठन सम्बन्धी नीति पनि ल्यायो । शिक्षा मन्त्रालयले लिएको standardization or education ले सहरिया र गाउँले शैक्षिक नीतिमा ठुलो योगदान पुर्यायो ।

अनिवार्य शैक्षिक नीति

The Law on nine year compulsory education जुन १९८६ मा अति प्रभावकारी बन्यो । जसले स्कुले विद्यार्थीहरूलाई नौ वर्ष शिक्षा प्राप्ति गर्ने अधिकार त सुनिश्चित गर्यो भने भने अर्कोतर्फ उनीहरूलाई विश्वविद्यालय शिक्षा प्राप्तिको लागि पनि प्रेरित गर्यो । शिक्षा मन्त्रालयका केन्द्रीय पदाधिकारीहरूले पारित गरेको नियम अनुसार स्थानीयस्तरका पदाधिकारीहरूले पनि शिक्षालाई मागदर्शनका रूपमा स्वीकारी अति प्रभावकारी बनायो । शिक्षा विभागहरूले उद्योग, व्यवसाय र कृषि क्षेत्रमा सीपमुलक र सीप भएका मजदुरहरू खटाउन थाल्यो सुधार र आधुनिकीकरणको लागि चीनको शैक्षिक इतिहासमा यो अति प्रभावकारी बन्यो । राज्य तहमा रहेका अधिकारीहरूले विभिन्न स्थानीय र ग्रामिण तहमा माध्यमिक शिक्षाको साँचो उघार्न विभिन्न योजनाहरू नियमहरूको विकास गर्नुका साथै कोषहरू पनि खडा गरे हरेक तह र तप्काका शिक्षालयहरू ग्रामीणस्तरमा ग्रामीण तबरले र शहरिया स्तरमा सहरका अधिकारीहरू शिक्षालाई हेर्न थाले ।

अनिवार्य शिक्षाको नीतिले चीनलाई तीन वर्गमा विभाजित गर्यो

१. पहिलो तहमा चीनका प्रमुख सहरहरू तथा दक्षिणी चीन र आर्थिक रूपले सम्पन्न क्षेत्रहरूमा लागु गरिएको शिक्षा थियो, जुन् १९८५ को नोभेम्वरमा लागु भएको थियो । जसमा २० प्रतिशत क्षेत्र देशको कुल क्षेत्रफलको पथ्र्यो भने १९९० मा झन् प्रभावकारी बनाई junior middle school लाई लक्ष्य बनाई अगाडि बढाईयो । जसअनुरूप सन् २००२ सम्ममा यी क्षेत्रहरूमा शिक्षा विश्वविद्यालय र स्कुलहरूको क्षेत्र अति प्रभावकारी बन्यो ।

२. दोस्रो वर्षमा नौ बर्से अनिवार्य शैक्षिक नीतिले बजार र ग्रामीण क्षेत्रमा माध्यमिक तहका शिक्षामा आँधी नै ल्यायो । जसले कुल जनसङ्ख्याको ५० प्रतिशत ओगटेको थियो । जतिबेला विश्वविद्यालय शिक्षा मिडल स्कुलमा पनि प्रवेश गर्न थाल्यो । सन् १९९५ तिर । प्राविधिक र उच्च शिक्षा पनि उही आधारमा लागु गरिएको थियो ।

३. तेस्रो वर्गको शिक्षा नीति अनि निम्न र विपन्न परिवारमा लागु गरिएको थियो । जम्मा एक चौथाई जनसङ्यालाई पारेको आधारभुत शिक्षा थियो ।

चिनियाँ संसद्ले पछि गएर नौ बर्से अनिवार्य शिक्षा नभई रोजगार गरेमा गैर कानुनी भएका ठहर गर्दै यो नीतिलाई अति प्रभावकारी बनाइयो । राष्ट्रिय संसद्ले विधेयक पारित गरी आर्थिक रूपमा विपन्नलाई पनि शिक्षा लिन प्रभावकारी बनायो ।

आधारभुत शिक्षा

चीनमा आधारभूत शिक्षा भन्नाले प्री–स्कुल, नौ बर्से अनिवार्य शिक्षा स्टान्डर सिनियर हाइस्कुल, असहायहरूलाई विशेष शिक्षा र असाक्षरलाई शिक्षा भन्ने बुझाउँछ । चीनसँग बीस करोड इलिमेन्ट्री शिक्षा पाप्ति गर्ने विद्यार्थीहरू छन् भने यसैमा प्री–स्कुलमा विद्यार्थीहरूलाई जोड्दा कुल जनसङ्ख्यालाई छ भाग लगाउँदा एक भाग बन्न आउँछ । यसै कारणले केन्द्रीय सरकारले आधारभुत शिक्षामा विकास निर्माणका आधारहरू समावेश गरेको छ र सन् २००४ मा सिनियर हाइस्कुल पढ्नेको सङ्ख्या लगभग एक करोड पुग्यो जुन् सन् १९८८ को २.३ गुणा बढी थियो । चीनको शिक्षा नीतिमा अर्को प्रभाव पार्ने तत्व भनेको केन्द्रीय सरकारले ल्याएको विशेष कोष नै हो । जसले खोज तथा अनुसन्धानमा पनि महत्व पुर्यायो । हाल आएर चीनले २०१० सम्म आधारभुत शिक्षालाई एक नम्बरमा पुर्याउने योजना लिएको छ । चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा बन्द भएको ‘की स्कुल’ प्रणाली सन् १९८७ मा यो अति प्रभावकारी बी सङ्घाई र ताईजिनमा शिक्षा विभागहरू खोली यसलाई प्रभावकारी बनाइयो ।

प्राथमिक शिक्षा

प्राथमिक शिक्षाको इतिहासलाई हेर्ने हो भने चीनको प्रादुर्भावसँगै भएको पाइन्छ । सन् १९४९ अघि त्यति प्रभावकारी नभए पनि सन् १९४९ अघि त्यति प्रभावकारी नभए पनि सन् १९८५ मा ८३२३००० प्राथमिक विद्यालयहरू थिए । सन् १९८५ मा विश्व बैङ्कले दिएको अनुमानित प्रतिवेदन अनुसार १९८३ मा बढेको यसको सङ्ख्या सन् १९९० मा ह्वात्तै बढेको थियो तर योग्य शिक्षकहरूलाई भने अति प्रभावकारी तरिकाले यसको विकासमा लागु गरिएको थियो । नौ वर्ष अनिवार्य शिक्षा नीतिले प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई निःशुल्क अतिरिक्त कक्षाहरू प्रदान गरी बालबालिकाहरूलाई गाउँघर र छरमिमेकमा पनि प्राथमिक शिक्षा प्राप्त गर्ने आधार बनायो । बाबुआमाहरूले किताब कापिको लागि थोरै शुल्क तिरे पुग्ने र यातायात, नाना र लत्ता कपडाको लागि मात्र हेरे पुग्ने भएकाले यसको महत्व गाउँदेखि सहरसम्म अति प्रभावकारी बन्यो तर अति विपन्न बाबुआमालाई हेर्ने चिनियाँ शैक्षिक नीतिले ठुलो योगदान पुर्याएको पाइन्छ । प्रायःजसो गरेर बच्चाहरू सात वर्षको उमेरमा प्राथमिक विद्यालय प्रवेश गर्नेछन् भने हप्ताको छ दिन विद्यालयमा उपस्थित हुने गर्दछन् । जुन १९९५ र १९९७ मा परिवर्तन भई साढे पाँच वर्षका प्राथमिक विद्यालय जाने र पाँच दिन हप्तामा स्कुल उपस्थित हुने नियम ल्यायो, पछि गएर दुई सेमेस्टर प्रणाली लागु गरी प्राथमिक विद्यालयहरूमा आवधिक समयको मापन देखायो । सहरिया प्राथमिक विद्यालयहरूले हप्तामा २४ तथा २७ कक्षाहरू ४५ मिनेको एक पिरियड राखी विभाजन गर्यो भने ग्रामीण क्षेत्रमा आधा दिनको कक्षागत मान्यता अनुरूप कक्षा सञ्चालन गरियो ।

प्रायःजसो धेरै प्राथमिक विद्यालयहरूमा पाँच बर्से कोर्स राखे पनि बेइजिङ र साङ्घाईमा यो थिएन । जहाँ छ बर्से पाठ्यक्रम थियो भने छ, साढे छ र सात वर्षबाट बालबालिकाले अध्ययन सुरु गर्दथे । प्राथमिक शिक्षा पाठ्यक्रमले चाइनिज, गणित, भौतिक विज्ञान, सङ्गीत, चित्रण र तत्वगत र वस्तुगत जस्तो प्रकृति, इतिहास र भुगोललाई समावेस गर्ने गर्दछ र यसै अन्तर्गत व्यावहारिक अनुभव र कलाहरूलाई विद्यालय परिधिभित्र प्रदर्शन र प्रक्षेपण गर्ने पनि गरिन्थ्यो । पाठ्यक्रमको अर्को भाग भनेको राजनीति, नैतिक शिक्षा र प्रेममा जोड थियो । जस्तो मातृभुमिको माया र माओप्रतिको श्रद्धा सुमन तथा जनताप्रतिको सद्भाव अंग्रेजी भाषालाई तेस्रो कक्षामा पठाइन्थ्यो भने चाइनिज र गणितलाई कक्षाको ६० प्रतिशत समय दिइन्थ्यो । प्राकृतिक विज्ञान र समाजवादी विज्ञानलाई कक्षाको आठ प्रतिशत समय दिइन्छ । प्युटोङ्गहुवा सबै कक्षामा पढाइन्छ भने चिनियाँ रामनाइजेसनमा र किन्डर गार्डेनमा पढाइन्छ । शिक्षा मन्त्रालयले नैतिकता पौराणिकतामा आधारित सामग्रीहरू पनि पाठ्यक्रममा राखिएको छ । चौथो कक्षाको सुरुमै विद्यार्थीहरूले उत्पादनमुलक कामको प्रदर्शनी गरेर देखाउनुपर्नेछ । धेरै स्कुलहरूमा प्रत्येक हप्ताको एक दिनको एक घन्टा क्रियाकलाप र सामाजिक सेवामा खपत गर्नुपर्ने हुन्छ । अर्कोतर्फ नौ बर्से अनिवार्य शिक्षा नीतिले व्यावहारिक र प्राविधिक सीपहरूलाई टेवा दिई सहर र गाउँको विभेदलाई अन्त्य गरेको पाइन्छ ।

पूर्वप्राथमिक विद्यालय

यो शिक्षा तीन वर्ष सवा ती वर्षबाट लिने चलन छ । यो १९८५ को शिक्षा सुधार नीति अनुरूप छ । पढाउने ठाउँ–समुदायिक भवन, स्थानीय बासिन्दा परिवारहरूले केन्द्रीय सरकारले सरकारले व्यक्तित्वहरूलाई खोल्न स्वतन्त्रता दिएको नीति बनायो । तसर्थ, यो समाज कल्याण, समाजसेवाको नीति बन्यो ।

विशेष शिक्षा

सन् १९८५ को शैक्षिक राष्ट्रिय सम्मेलनले विशेष शिक्षामा जोड दियो । असहाय, बहिरा दृष्टिबिविहीन, अनाथ र सुस्तहरूलाई दिइने शिक्षा विशेष शिक्षामा पर्दछ । सन् १५४० विशेष शिक्षामा स्कुलहरू, ३७५००० विद्यार्थीहरू जसमा एकहजार भन्दा बढी व्यावहारिक तालिममुलक संस्थाहरूले पनि टेवा दिइरहेका छन् । तीन हजार उच्च व्यावहारिक तथा व्यावसायिक संस्थाहरू समेत यो कार्यक्रममा समावेस गएको पाइन्छ ।

माध्यमिक शिक्षा

माध्यमिक शिक्षालाई हेर्ने हो भने चीनसँ जटिल इतिहास गाँसिदै आएको छ । शैक्षिक योजनाकारहरूलाई हेर्ने हो भने तिनीहरूले एउटा नीति बनाए । जसलाई ‘दुई खुट्टाको हिँडाइ’ भनिन्छ, जसले नियमित प्राज्ञिक विद्यालयहरू र व्यावहारिक प्रशिक्षणको लागि अतिरिक्त प्राविधिक विद्यालयहरू र व्यावहारिक प्रशिक्षणको लागि अतिरिक्त प्राविधिक विद्यालयहरू सांस्कृतिक क्रान्तिको समयमा वृद्धि भएको माध्यमिक विद्यालयले एउटा अनि चिन्तित समस्याहरू आयो किनभने स्रोत साधन अति न्युन रूपमा व्याप्त थिए । तसर्थ, शैक्षिक गुणस्तर खस्कन पुग्यो । तदअनुरूप नियमित प्राज्ञिक विद्यालयहरूपनि सांस्कृतिक क्रान्तिको समयमा वृद्धि भएको माध्यमिक विद्यालयले एउटा अनि चिन्तित समस्याहरू ल्यायो किनभने स्रोत साधन अति न्युन रूपमा व्याप्त थिए । तसर्थ, शैक्षिक गुणस्तर खस्कन पुग्यो । तदनुरूप नियमित प्राज्ञिक विद्यालयहरूको बृद्धिदरमा अङ्कुश लगाइयो । अर्कोतर्फ प्राविधिक विद्यालयहरू पनि सांस्कृतिक क्रान्तिको समयमा बन्द हुन पुगे किनभने यो मजदुरका छोराछोरी र कृषकका परिवारलाई दिइने शिक्षाका रूपमा लिइयो । तर सन् १९७० को अन्त्यतिर सरकार र दलीय प्रतिनिधिहरूले यसलाई आलोचना गरे । जतिबेला सन् १९६० को एकात्मक दृष्टिकोणलाई फेरि उल्लङ्घन गर्दै सन् १९७६ सम्ममा सबै प्राविधिक विद्यालयहरू फेरि खोलिन थाले । तल्लो तहका माध्यमिक विद्यालयहरूले तीन बर्से पाठ्यक्रम प्रस्तुत गरेको थियो । जुन बाह्र वर्ष उमेरका विद्यार्थीहरूबाट सुरु हुन्थ्यो । उपल्लो तहका माध्यमिक विद्यालयहरूले दुई वा तीन वर्षको पाठ्यक्रम प्रस्तुत गरेका थिए । जुन १५ वर्षका बालबालिकाबाट सुरु हुन्थ्यो ।

अनिवार्य माध्यमिक विद्यालयतर्फ दुईवटा सेमेस्टरहरू दुवै गरेर नौ महिनाका थिए । यो शिक्षाले चाइनिज, गणित, भौतिक, रसायन, जीवविज्ञान, वैदेशिक भाषा, इतिहास, भूगोल, राजनीतिक विज्ञान, सङ्गीत, कला र शारीरिक शिक्षालाई समेट्ने गर्दछ । केही माध्यमिक विद्यालयहरूले व्यावसायिक विषयहरू प्नि समेट्ने गर्दछ । त्यहाँ ३० वा ३१ कक्षाहरू एक हप्तामा हुने गर्दछन् भने यसमा, स्व–अध्ययन र अतिरिक्त क्रियाकलापहरू प्नि पर्ने गर्दछन् । चिनियाँ उपल्लो तहका माध्यमिक विद्यालयबाट ग्रायजुयट गर्नेलाई शिक्षित मानिन्छ । यद्यपि माध्यमिक तहलाई केबल क्याम्पस र विश्वविद्यालय प्रवेशको लागि प्रशिक्षणको रूपमा मात्र लिइएको हुन्छ । माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उच्च शिक्षाको बाटो देखाइए पनि विश्वविद्यालय शिक्षाको लागि भने सीमित दायरा राखिएको हुन्छ । तसर्थ, सीप भएका शिक्षित वर्गलाई समाजले इमानदारीपूर्ण उचित ठाउँमा राख्ने गरेको पाइन्छ ।

व्यावसायिक तथा प्राविधिक विद्यालयहरू

व्यावसयिक शिक्षामा आधारित कानुन सन् १९९६ मा बनेपछि व्यावसायिक शिक्षाले उच्च व्यावसायिक विद्यालयहरू पनि बनाउने निर्णय गर्यो । त्यस्तै माध्यमिक सीपमूलक विद्यालयहरू व्यावसायिक माध्यमिक विद्यालयहरूका साथै अन्य पौढ सीपमूलक शिक्षा र सामाजिक तालिमगत संस्थाहरू पनि स्थापनातर्फ लाग्यो । सहरीकरण र पुनःसंरचनाको विषयलाई दिएर व्यावसायिक शिक्षाले आफ्नो क्षेत्र पराकिलो पार्दै गयो । हालका वर्षहरूमा सरकारले व्यावसायिक शिक्षालाई रोजगारमुलक दिशातर्फ अघि बढाएको छ । जसको लागि दुईवटा मुख्य व्यावसायिक शैक्षिक केन्द्रहरू पनिे खोलेको छ । तद्अनुरूप चिनियाँ शैक्षिक क्षेत्रले दक्ष कामदार तथा मजदुरहरूको उत्पादन गर्न थाल्यो भने अर्कोतर्फ केन्द्रीय सरकारले राज्य तथा सरकारकै मातहतमा रही १८६ व्यावसायिक शिक्षा देशको पश्चिम भागमा स्थापना गर्यो ।

व्यावसायिक शिक्षाको अर्को महत्वपूर्ण पक्ष भनेको आधुनिकीकरण हो । सन् १९५२ सम्ममा चीनमा लगभग तीसलाख व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यालयहरू चिनियाँ क्रान्तिको बेला कालो धब्बा देखिएको चिनियाँ शैक्षिक इतिहासमा प्राविधिक तथा व्यावसायिक शिक्षाको दक्ष कामदारको उत्पादन गरी उद्योग, कृषि, व्यापार र अन्य सेवामा ठुलो सेवा पुर्यायो । यसैअनुरूप पछि गएर उपल्लो तहका माध्यमिक विद्यालयहरू पनि व्यावसायिक तथा प्राविधिक शिक्षालयहरूमा परिवर्तन हुन लागे । यसैमा आधारित रहेर व्यावसायिक तथा प्राविधिक शिक्षालयहरूमा परिवर्तन हुन लागे । यसैमा आधारित रहेर व्यावसायिक तथा प्राविधिक शिक्षालयहरूमा परिवर्तन हुन लागे । यसैमा आधारित रहेर व्यावसायिक तथा प्राविधिक विद्यालयहरू पनि खोलिन थाले ।

यति हुँदाहुँदै पनि उपल्लो तहमा माध्यमिक विद्यालयहरूमा सन् १९७८ मा नौ प्रतिशतले बढेको विद्यार्थी सङ्ख्या १९८५ मा ३६ प्रतिशत बढ्यो । यसको मुख्य कारण थियो– ‘भूमिका’ प्रविधिक तथा व्यावसायिक शिक्षामा भुमिकाको कमी तर पछि गएर यी शिक्षकहरूले युवाहरूलाई शिक्षा प्राप्तिपछि निश्चित रूपमा रोजगार प्राप्त गर्ने आधार बनाएपछि यी विद्यालयहरूले आफ्नो क्षेत्र फराकिलो पार्दै गए । सन् १९८७ सम्ममा त्यहाँ जम्मा चार प्रकारका प्राविधिक माध्यमिक विद्यालयहरू थिए । खासगरी चार बर्से, दुई वर्षे, तीन बर्से पाठ्यक्रम तयार पारिएको यस शिक्षमा कमर्स लिगल वर्कर, फाइन आर्ट तथा फरेस्ट्री पढाइन्थ्यो । एक वा तीन बर्से पाठ्यक्रम अनुसार Cooking, Tailoring Photography पनि अध्ययन गराउन थालियो भने अर्कोतर्फ कृषि विज्ञानलाई पनि जोड दिइयो । कमजोरी अझै पनि के थियो भने पर्याप्त मात्रामा उच्च दक्ष जनशक्तिको अभाव थियो तर सातौँ पञ्च वर्षीय योजना अनुरूप हरेक वर्ष (२० लाख मध्यम तहका दक्ष जनशक्ति कामदार) र चार लाख उच्च प्राविधिकहरू उत्पादन गर्ने नीतिको व्यावसायिक तथा प्राविधिक शिक्षालाई शिक्षालाई माथि उठाउन प्रयत्न गर्यो । सन् १९८६ को जुलाई महिनापछि मजदुरहरूलाई तालिम तथा गाउँगाउँमा परिस्थितिलाई हेरेर शिक्षा प्रदान गर्न थाल्यो । त्यसपछिका वर्षहरूमा आएर चीनको मुख्य शैक्षिक उद्देश्य भनेको माध्यमिक, व्यावसायिक विद्यालयहरू खोल्ने रह्यो र २१औँ शताब्दीको मध्यतिर राष्ट्रिय शैक्षिक नीतिमा पनि यिनै योजनाहरू समेटी चीनलाई महान् राष्ट्रमा परिणत गर्ने कसुर काट्यो ।

वैदेशिक शिक्षा

चीनको शैक्षिक इतिहासमा विज्ञान विषय अध्ययन गर्नेको लागि विद्यार्थीहरूलाई विदेश पठाउने निर्णय गरियो । युरोपेली मुलुक तथा अमेरिकासँग शैक्षिक सम्बन्ध हुनु अगावै चिनियाँ विद्यार्थीहरू सोभियन युनियन अध्ययन गर्न जान्थे तर पछि रुसको फ्याक्सनपछि सन् १९६० र सन् ७० को दसकदेखि चीनले सानो सङ्ख्यामा विद्यार्थीलाई युरोप अध्ययन गर्न लगायो । अक्टोबर १९७८ मा चिनियाँ विद्यार्थीहरू अमेरिकामा पनि अध्ययन गर्न जान थाले पछिल्लो दुई तिहाईमा चीनबाट १४ देशहरूमा अध्ययनको लागि आफैँँ रकम तिरेर छात्रवृत्ति पाएर जान थाले । विज्ञान तथा प्रविधिको पछिल्लो दुई तिहाईमा चीनबाट १४ देशहरूमा अध्ययनको लागि आफैँ रकम तिरेर, छात्रवृत्ति पाएर जान थाले । विज्ञान तथा प्रविधिको अध्ययन गर्नको लागि सन् १९८६ सम्ममा १९ हजार चिनिया विद्यार्थीहरू अमेरिकी विश्वविद्यालयबाट अध्ययन प्राप्त गरे ।

शैक्षिक लगानी

चीनमा शैक्षिक क्षेत्रमा लगानी भन्नाले सरकारले कति बजेट शिक्षामा लगायो भन्ने मात्र हुन्न तर कसरी शिक्षालाई आधुनिकीकरणको दिशातर्फ पनि उन्मुख गरेको छ भन्ने हुन्छ । निरक्षरलाई साक्षार बनाउने एउटा पाटो त भैहाल्यो त्यसको अलवा व्यावसायिक, प्राविधिक शिक्षा प्रदान गर्न पनि उन्मुख गरेको छ भन्ने हुन्छ । निरक्षरलाई साक्षर बनाउने एउटा पाटो त भैहाल्यो त्यसको अलवा व्यावसायिक, प्राविधिक शिक्षा प्रदान गर्न पनि चिनियाँ शैक्षिक इतिहासको एउटा महत्वपूर्ण लगानी हो । खासगरी योग्य युवाहरूलाई कलेज र विश्वविद्यालय प्रवेस र पछि सन् १९७८ मा चिनियाँ नेताहरूले लिएको शिक्षा सम्बन्धी नीतिले शिक्षाको तह माथि उठ्न पुग्यो ।

२१ औँ शताब्दीको सुधार

शिक्षा चीनमा जतिबेला केन्द्रित, बन्द अनि जटिल मानिएकै बेला चिनियाँ सरकारले सन् २००७ मा विश्वविद्यालयहरूको राष्ट्रव्यापी अबलोकन गरी शिक्षालाई केन्द्रित, बन्द अनि अटल मानिएकै बेला चिनिया सरकारले सन् २००७ मा विश्वविद्यालयहरूको राष्ट्रव्यापी अबलोकन गरी शिक्षालाई विकेन्द्रित खुल्ला र अति सरल बनाउने निर्णय गर्यो । यसको साथै शिक्षामा राष्ट्रले वैदेशिक नीति बनाई अमेरिका र युरोपका अति उच्च दर्जामा रहेका Harverd university oxford university, Cambridge University पनि विद्यार्थीहरूलाई अध्ययनको लागि पठाउने निर्णय गर्यो । चीनले २१औँ शताब्दीमा शिक्षालाई व्यावसायिक प्राज्ञिक र विशिष्ट कोटिमा राखी यसैप्रकारको शिक्षा प्रदान गर्ने निर्णय गरेर छ । बेरोजगारी र समाजिक मतभेद हटाउने किसिमको शिक्षा नै राष्ट्रिय अन्तर्गतको शिक्षा मानी अधुनिकीकरण र व्यापारीकरणतर्फ उन्मुख अध्ययनमूलक शिक्षाको चीनको २१औँ शताब्दीको शिक्षाको केही पाटो मान्न सकिन्छ ।

उच्च शिक्षा

सन् २००४ को अन्त्यसम्म चीनमा २२३६ उच्च सीपका शिक्षाहरू थिए, जसमा दुई करोड विद्यार्थीहरू थिए । यो उच्च शिक्षामा १९ प्रतिशतले बढी थियो भने २४.९ प्रतिशत र २५.९ प्रतिशत अनुसन्धानकर्ताहरू पहिलेको वर्षको तुलनामा बढी थिए र युनेस्कोले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २००० मा चीनमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको सङ्ख्या छोटो समयमा नै आधा बढी भयो जुन विश्वको सबैभन्दा बढी बन्यो ।

१. सुधार योजना ल्यायो ।
२. औद्योगिक बहुमुखी क्याम्पसहरू,
३. नयाँ विषयहरूको प्रवेस– जस्तो

Automation, nuclear power energy resources oceanography, cuclear physiss, computer science polymer chemistry, polymer physics, radiochemistry, physical chemistry and Bio-physics.

३० भन्दा बढी विश्वविद्यालयहरूले विशेष राष्ट्रिय कोषबाट नै अनुदान प्राप्त गरी सञ्चालनमा आए । सन् १९९९ देखि २००३ सम्ममा उच्च शिक्षमा वृद्धि १६ लाखबाट ३८ लाख २ हजार पुग्यो भने २००४ मा ४४ लाख ७३ हजार पुग्यो । उच्च शिक्षा र अनुसन्धान संस्थाहरूमा ३२६ हजार डिग्री विद्यार्थी जुन ५७ हजारले अघिल्लो वर्षभन्दा बढी रह्यो र सन् २०१०सम्म चीनले ६३ लाख कलेज र विश्वविद्यालयहरूले, डिप्लोमा पासका विद्यार्थीहरूको अपेक्षा राखेको छ भने ६३ प्रतिशत काममा प्रवेश गराउने नीति लिएको छ । यसो हुनुमा चीनको आर्थिक उत्पादन र सामाजिक विकास हो भने अर्कोतर्फ चीनले उत्पादन, शिक्षा, अनुसन्धानलाई प्रमुख मान्यता दिएको छ ।

प्रवेश परीक्षा र भर्ना कार्यक्रमका परिधिहरू

१. चीनमा उच्च शिक्षा र विश्वविद्यालय अध्ययनको लागि नेपालमा जस्तो माध्यमिक शिक्षा पास गरिसकेपछि प्राप्त गर्न सकिन्न भन्ने होइन । यसको लागि उपल्लो स्तरको माध्यमिक शिक्षा प्राप्तिपछि लगभग २६ वर्षभन्दा मुनिको यदि इन्ट्रान्समा पास भए पढ्न पाइने हुन्छ । जुन शिक्षा लिइसकेपछि विद्यार्थीले अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गरेको भन्ने हुन्छ । चिनियाँ केन्द्रीय सरकार र राज्यगत सरकारले विश्वविद्यालय प्रवेशको लागि देशका विभिन्न ठाउँमा प्रवेश परीक्षा गर्ने गर्दछ । जुन अति शुद्ध हुने गरेको छ । जस्तो सन् १९८४ मा १६ लाख विद्यार्थीहरूलाई देशका ४ लाख ३० हजार ठाउँमा नौ सय विश्वविद्यालय प्रवेशका लागि परीक्षा गरिएको थियो । कतिपय जेहेनदारलाई केन्द्र सरकार राज्य सरकार र विभिन्न शैक्षिक संस्थाहरूले आर्थिक रूपमा विश्वविद्यालय पछि अध्ययनका लागि सहयोग गर्ने गर्दछ । विश्वविद्यालयमा अध्ययन गर्ने खास विषयको आधारमा माग लिन्छन् । सन् १९८५ पछि राज्य शिक्षा आयोग र अर्थ मन्त्रालयले पौढ, असहाय र अपांग र टुहुरा तथा विचलितलाई पनि प्रवेश गराउन छुट्टै योजना तथा निति निर्माण गरी चीनमा केन्द्र, राज्य, स्वयत्त राज्य स्थानीय सरकार, नगरपालिका र गाउँ स्वयम्ले नीति निर्माण अवलम्बन गरी दक्ष जनशक्ति उत्पादनतर्फ अगाडि बढायो । तसर्थ त्यो कृषक, मजदुर वा अत्य व्यावसायिक पनि विश्वविद्यालय उच्च शिक्षाबाट बन्चित हुनु नपर्ने भयो र शिक्षकले पनि अगाडिको अध्ययनको लागि शिक्षक कलेजमा गई अध्ययन गर्न सक्ने तर यसमा पनि उही प्रवेश परीक्षा प्रणाली अवलम्बन गर्ने गर्नुपर्दछ ।

छात्रवृत्ति र शैक्षिक ऋण लगानी

सन् १९६८ मा राज्य परिषद्ले कलेज र विश्वविद्यालय अध्ययन गर्न चाहनेहरूलाई कअजयबिचकजष्उ बलम यिबल कथकतझ को व्यवस्था गर्ने निर्णय गर्यो । यसलाई सन् १९८६/८७ को शैक्षिक वर्षमा परीक्षण गरियो । जो विद्यार्थी अति जेहेनदार हुन्छन् तर आर्थिक रूपले विपन्न छन् । उनीहरूलाई chna Industrial and commercial Bank ले थोरै व्याजमा ऋण दिने निर्णय गर्यो । यसका लागि राज्यको नियम कानुन सही तरिकाले पालना गरेको र पूर्ण अनुशासन पनि हुनुपर्ने मान्यता थियो । याने कि जेहेनदार मात्र होइन । तीन किसिमको विद्यार्थीलाई scholarship and loan दिने निर्णय गरियो ।

१. अति जेहेनदार र धेरै कक्षामा उपस्थित हुन सक्ने

२. कृषि शिक्षा, वनविज्ञान, खेलकुद र अन्वेषणमा अति दक्ष र विशेषज्ञ र जो विद्यार्थी गरिबी, ग्रामीण र शिक्षा क्षेत्रमा काम गर्न उत्सुकका साथै अति दुःखकष्टमा पनि शिक्षाको लागि जीवन व्यतीत गर्न सक्ने । यसका अलवा अतिरिक्त कक्षाहरू तालिमहरू विद्यार्थीहरूलाई शिक्षक क्याम्पसहरूमा पनि दिइन थालियो र स्नातक गरेकाहरूलाई पाँच वर्ष प्राथमिक र माध्यमिक तहमा बढाउन सक्ने मान्यता दिइयो तथा यसै समयमा उनले कमाएको रकमबाट ऋण तिर्नुपर्ने व्यवस्था गरियो ।

शिक्षकहरू

हरेक वर्षको सेप्टेम्वर १० लाई चीनमा शिक्षक दिवसको रूपमा मनाइन्छ । यसले शिक्षहरूलाई सामाजिक तहमा अति उचाइमा पुर्याउने गरेको छ भने अर्कोतर्फ शिक्षकहरूको जीवन निर्वाहमा अति उच्च भूमिका खेलेको हुन्छ । शिक्षक दिवसलाई सम्मानका रूपमा मात्र नहेरेर चीनमा शिक्षकहरूले समाजमा खेल्नुपर्ने भुमिकाको बारेमा पनि स्पष्ट पारिएको हुन्छ । शिक्षकहरूलाई राष्ट्रव्यापी कार्यक्रमको रूपमा सहरदेखि गाउँसम्म र गाउँदेखि अति विपन्न परिवार र समाजसम्म शिक्षा शिक्षकले दिनुपर्नेछ । त्यसको लागि शिक्षकहरूलाई राज्यले हेर्ने गर्दछ । समयसमयमा टिभी स्याटलाइटबाट, नेटवर्क र अन्य अतिरिक्त कृयाकलापहरूबाट प्रशिक्षित पार्ने गरिन्छ । खासगरी शिक्षकको गुणात्मक विकासमा जोड दिएको हुन्छ । प्राध्यापक र सहायक प्रध्यापक वर्गलाई विभिन्न व्यावसायिक र व्यावसायिक तालिम प्रदान गरी विद्यार्थीको जीवनस्तरलाई नै प्रभाव पार्ने गरी विद्यालयहरूमा पठाइने गरिन्छ । सन् १९५८ सम्ममा चीनमा एकहजारभन्दा बढी शिक्षक प्रशिक्षण विद्यालयहरू थिए । शिक्षकले खेल्नुपर्ने एक महत्वपूर्ण पाटो भनेको आधुनिकीकरण र मनोविज्ञान बुझ्नुपर्ने क्षमता पनि हो । सन् १९९० का दसकमा आएर चिनियाँ सरकारले शिक्षकलाई राष्ट्र विकासको हतियारको रूपमा लियो भने शिक्षक दिवस पारेर शिक्षक तलब भत्ता र भरण पोषण राज्यको हातमा र विद्यार्थीलाई दिइनुपर्ने अतिरिक्त कक्षा शुल्क र अन्य शिक्षकहरूको हातमा पर्ने नीति ल्यायो ।

युवा र अनलाइन शिक्षा

जो विद्यार्थीहरू काममा अति व्यस्त भई अध्ययनको लागि विद्यालय जान सक्दैनन् र जो विद्यार्थीहरू विश्वविद्यालय प्रवेश परीक्षा फेल हुन्छन् उनीहरूलाई प्रदान गरिने शिक्षा अनलाई शिक्षा हो । चीनको शैक्षिक इतिहासमा प्रौढ र अनलाई शिक्षाको अति भुमिका बढ्दै गएको हुनाले यसमा लगानी ह्वात्तै बढेको छ । चिनियाँ शिक्षा मन्त्रालयले उच्च माध्यमिक विद्यालयका लागि ३८ वटा सामान्य विद्यालयहरू खोलेको छ । जस अन्तर्गत विभिन्न शाखाहरू रही विद्यार्थीहरूलाई शिक्षा प्रदान गरको छ । २००३ को अन्त्यसम्म चीनमा २०२७ क्याम्पस बिदा भएपनि । प्रौढ र काममा लागेको विद्यार्थीहरूलाई केन्द्रीय रेडियो र टिभी विश्वविद्यालयले पनि सहयोग पुर्याएको छ । सन् १९९४ मा स्थापना भएको The china education and research network नै ठुलो सञ्जालगत शिक्षा प्रणाली बढ्यो । प्रौढमा कृषक, मजदुर र व्यवसायहरूमा लागेकाहरूलाई Evening University ले उच्च शिक्षा प्रदान गर्ने गरेको पाइन्छ ।

आधुनिकीरणमा भुमिका

चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा शिक्षाबाट बन्चित बनाइएकाहरूको अनुभवलाई हेर्दै चिनिया सरकारले राष्ट्रव्यापी रूपमा हरेक तह र तप्कालाई हेर्नेगरी विभिन्न आधारमा विद्यालय र विश्वविद्यालयको स्थापना गर्यो । त्यो नै आधुनिकीकरण मुल जड दियो । माध्यमिक विद्यालयमा डिप्लोमा गरिसकेका जम्मा चार प्रतिशतले मात्र विश्वविद्यालयमा प्रवेस हुने समस्यालाई लिएर चिनियाँ सरकारले पौढ शिक्षालाई अति प्रभावकारी बनाई चिनिया शैक्षिक इतिहासलाई आधुनिकीकरणतर्फ निर्देशित गर्यो । अनौपचारिक शिक्षा उच्च शिक्षाको वैकल्पिक उपाए थियो । यस अन्तर्गत रेडियो, टिभी, सञ्जाल जस्ता विश्वविद्यालय पर्ने गर्दछन् भने spare time and part time universities, factory- rununiversiies and country run university ले कुनै पनि तल्लो तह र वर्गलाई २१ सौँ शताब्दीको आधुनिकीकरणमा घुलमेल हुन कुनै कसर राखेन ।

स्वरूपहरू

चीनमा विद्यालयहरू सरकारी विभागले, व्यावसायिक क्षेत्रहरूले व्यापारिक सङ्घ सङ्गठनहरू, शैक्षिक समाजहरूले लोकतान्त्रिक दलहरूले र अन्य सङ्गठनहरूले स्थापना गर्ने गर्दछन् । चिनियाँ शिक्षाको स्वरूपलाई हेर्ने हो भने नेपाल मात्र पाँच वर्षमा दक्षिण एसियाकै उत्कृष्ट राष्ट्र बन्न सक्दछ । जब बेइजिङमा प्रौढ स्कुलहरू खोलिए जसले लाखौँ अशिक्षितहरूलाई मात्र शिक्षा दिएन शरु रोजगारी र व्यवसाय पनि दियो । हरेक पौढ शिक्षा लिने विद्यार्थीहरूलाई सरकारले २०० देखि ५०० युनानसम्म हेर्ने गर्दछ भने अनिवार्य रूपमा सहभागी हुनेलाई एक हजार युयान सहयोग गर्दछ । इभिनिङ युनिभर्सिटी एउटा शिक्षामा महत्वपूर्ण योगदान पुर्याउने माध्यम हो । घरायसी सञ्चार माध्यम पनि शिक्षाको रूपमा चीनमा लिइन्छ जसले सामाजिक न्यायका तर्फबाट तर्क गर्ने गर्दछ ।

सांस्कृतिक क्रान्तिमा रेडियो र टेलिभिजन विश्वविद्यालयमा जुन अङ्कुस थियो । पछि सन् १९७९ मा आएर यो अति चर्चामा आयो । बेइजिङ सरकारले त यसलाई मुख्य शिक्षाको रूपमा लिई हरेक राज्यहरूमा गरी २९ वटा शाखाहरू खोल्यो र यसको भरपूर्ण खर्च state administration of radio, television, films ले हेर्ने निर्णय गर्यो । अर्कोतर्फ राज्य शिक्षा आयोगले पनि यो पाठ्यक्रमको विकास गरी सबै तरिकाले यसलाई सहयोग पुर्यो ।

साक्षरता तथा भाषा सुधार

असाक्षरता उन्मुलनको एउटा प्रमुख साधन भनेको चीनमा आधारभुत शिक्षालाई दिइएको छ । सन् १९८५ सम्म २३ करोड जनता यो वा त्यो आधारमा अशिक्षित रहेको चीनमा सन् १९९० र त्यो दसकदेखि सन् २००० सम्म आउँदा यहाँ असाक्षरता दर छँदै छैन भने पनि हुन्छ । भाषा सुधारको रूपमा चिनियाँ भाषालाई महत्वपूर्ण मानी यसलाई सिक्न सहज र सरल बनाउने उपायहरू चिनियाँ शैक्षिक इतिहासमा अपनाइयो । सन् १९६४ मा चीनिया लेखन भाषा सुधार समितिले ल्याएको नीति अनुरूप राष्ट्रिय भाषा तथा प्रान्तीय क्षेत्रीय भाषाहरूलाई पनि लेखन र बोलाइमा महत्वपूर्ण आधार मानियो । राष्ट्रिय जनकांग्रेसले सन् १९५८ मा ल्याएको सुधार नीति अनुरूप सन् १९८० को मध्यसम्म आइपुग्दा चीनमा उगतयलनजग प्यूटनङ्गहुलाई विश्वव्यापी तथा राष्ट्रव्यापी बनायो । सरकारले law on promotion of private education को नीति लिएर निजी शिक्षाको परम्परागत रूपमा रहेका सामुदायिक स्कुलहरूलाई विकासको रूपमा लैजान सहयोग गरेको छ । सन् २००४ को अन्त्यसम्म चीनमा ७० हजार निजी विद्यालयहरू थिए र खास त्यस्तो व्यावसायिक निजी विद्यालयहरू भने रहेको देखिँदैन ।

वैदेशिक विद्यार्थीहरू

विदेशबाट चीनमा अध्ययन गर्न आउने विद्यार्थीहरूको सङ्ख्या हरेक वर्ष २० प्रतिशतले बढेको पाइन्छ । office government ले जनाए अनुसार चीनमा १९ हजार पाँच सय तीन विद्यार्थीहरू एक सय ८८ देश तथा क्षेत्रबाट अध्ययन गर्न आउने गर्दछन् तर निजी विद्यालयहरूमा अध्ययन गर्न कति आउँछन् भन्ने कुरा भने एकिन गरेको छैन । यद्यपि यसैलाई आधार मान्दा चीन संसारको ठुलो शिक्षामा Abroad destination हो । तर प्रतिवेदन अनुसार कोरिया, जापान, अमेरिका, भियतनाम, र थाइल्यान्ड पाँचौँमा पर्ने गर्दछन् तर हाल चीनले दस हजार लिई वैदेशिक छात्रवृत्ति प्रदान गरेको भने अर्को वर्ष अर्को तीन हजार बढ्ने कुरा निश्चित छ । चीन अन्तर्राष्ट्रिय विद्यार्थीका लागि पनि अध्ययन गर्ने र रहने सुगमस्थल बनेको छ भन्ने कुरा सन् २००८ को विश्व ओलम्पिक गेमले पनि जनाएको छ । चीनबाट मान्यताप्राप्त क्याम्पस तथा विश्वविद्यालयहरू अमेरिका फ्रान्स, ब्रिटेन तथा रुसमा पनि रहेका छन् ।

– जनशिक्षा मासिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।