0 COMMENTS

भदौ ५, काठमाडौँ । एमसीसी कार्यान्वयनको तयारी थालेपछि एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले त्यसको पूर्ण रुपले खारेजीको माग गर्दै आएको छ । एकतर्फी रुपमा कथित १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै संसद्‌बाट पास गर्न प्रमुख भूमिका खेल्ने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले बाँकेको कोहलपुर चौराहामा कालोझण्डा देखाएर विरोध प्रदर्शन गरे ।

शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी पार्टीका केन्द्रीय सदस्य दिलबहादुर कठायत, बाँके जिल्ला कार्यालय सदस्यहरु प्रेम थापा, तिलक गिरी, अखिल क्रन्तिकारीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह–संयोजक तपेन्द्र न्यौपनेलाई गिरफ्तार गरेको छ । गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बाँके जिल्लाका इन्चार्ज दिपक शाही र संयोजक विशालले जोडदार माग गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले पनि एक विज्ञप्ति जारी गरी शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनको कडा विरोध गर्दै तत्काल गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।