0 COMMENTS

भदौ ४, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । सोमबार मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा सम्पन्न एकता भेलाले पिताम्बर तिवारीको संयोजकत्वमा ३ जना पछि थप्नेगरी २१ सदस्यीय समिति गठन गरेको छ ।

संयोजक पिताम्बर तिवारीको अध्यक्षता तथा सञ्चालनमा भएको कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज वन्दना अतिथिहरू जिल्ला संयोजक आकाश र जिल्ला सह–संयोजक विशाल थिए ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता पश्चात ४ नं. प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।