0 COMMENTS

भदाै १, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदाै १ गते शुक्रबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गेलभेडा ठूलो प्रतिकेजी १३० रुपैयाँ, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ११०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ३०, गाँजर ११०, मूला सेतो हाइब्रीड ७०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ६०, ब्रोकाउली ११०, कागती १५० रुपैयाँ, भिण्डी ८०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी ८०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५५०, हरियो खुर्सानी अकबरे २५०, खुर्सानी सुकेको ४५०, हरियो धनियाँ २००, नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २५०, लसुन हरियो १५०, छ्यापी सुकेको १८०, भेडे खुर्सानी ७०, पिंडालू ६०, तामा ९०, तोफु ११०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ११० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, केरा दर्जनको १३०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ५००, कालो अंगुर ४००, किवी ७००, लप्सी प्रतिकेजी ५०, रुख कटहर ४०, फूजी स्याँउ ३५०, मौसम १२० र जुनार प्रतिकेजी ३२० रुपैयाँमा किनबेच भइरहेको छ । यसैगरी, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।