0 COMMENTS

साउन ३०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको बैठकले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा गत वैशाख २६ गतेबाट सुरु भएर जेठ ५ गते सम्पन्न भएको थियो ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । दुई विषयसम्म ननग्रेड ल्याएका एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । एउटा विषयमा मात्र ननग्रेड आउनेको सङ्ख्या ७९ हजार पाँच सय ८४ जना छ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नाै हजार पाँच सय २७ जना ननग्रेडेड भएका छन् । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

कसरी हेर्ने ?

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट  www.neb.ntc.net.np मा गएर पनि हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । नेपाल टेलिकमको सिमबाट १६०१ मा फोन गरी सिम्बल नम्बर थिचेर वा एसएमएस मा गएर स्पेश हानेर सिम्बल नम्बर गरी १६०० मा पठाउन सकिनेछ । त्यस्तै, *१६००# डायल गरी निर्देशन अनुसार सिम्बल नम्बर थिचेर पनि नतिजाबारे जानकारी लिन सकिनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।